कहिले बाट संचालनमा आउँछ विमानस्थल: कोरोनाबाट जोगिन त्रिभुवन विमानस्थलमा यस्तो छ पूर्वतयारी

कहिले बाट संचालनमा आउँछ विमानस्थल: कोरोनाबाट जोगिन त्रिभुवन विमानस्थलमा यस्तो छ पूर्वतयारी

९ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई शुक्रबार त्रिभुवन विमानस्थलको निरीक्षणमा पुगेका छन् । उनले विमानस्थल खुलेपछि यहाँबाट कोरोनाको संक्रमणका फैलिन नदिन बनाइँदै गरेका विभिन्न संरचनाको अवलोकन गरे । अहिले विमानस्थलमा यात्रुहरू बीच दुरी कायम रहने र भिडभाड नहुने गरी गरिएका मार्किङलगायतका संरचनाको अवस्थाबारे जानकारी लिए ।

जारी लकडाउन र कोरोना भाइरसको संक्रमण कम हुँदै गएपछि हवाई सेवा सुचारु हुनेछ । त्यसका लागि अब साविकको जस्तै गरी सेवा प्रदान गर्ने वातावरण रहनेछैन । विमानस्थलमा यात्रुले सामाजिक दुरी कायम गर्नुपर्नेछ भने सुरक्षाका विविध उपाय अपनाउनुपर्नेछ । यसका लागि विश्व स्वास्थ संगठन (डब्लुएचओ) तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले तोकेको मापदण्ड पूरा गर्नुपर्छ ।

सोहीअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले समेत आफ्नो तयारी थालेको छ । मन्त्री भट्टराईले विमानस्थलमा भइरहेका कामको अनुगमन गरेका हुन् । विमानस्थलमा आन्तरिकतर्फको काम सम्पन्न गरी अहिले अन्तर्राष्ट्रिय टर्मिनलमा विविध संरचना बनिरहेका छन् । यी संरचनाले सामाजिक दुरी कायम गर्नुका साथै कोभिडबाट जोगिन मद्दत गर्नेछ । अनलाईन खबर 

छानबिन समितिको निष्कर्ष : राज्यमन्त्री विमला वली दोषी

Previous articleविदेशबाट फर्कन खोज्ने धेरै, पहिलो चरणमा २५ हजारलाई ल्याउने सरकारको तयारी
Next articleनेपाल बारे तथानाम बक्ने अर्णव गोस्वामी दुनियाँ कै चु-तिया पत्रकार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।