नेपाल बारे तथानाम बक्ने अर्णव गोस्वामी दुनियाँ कै चु-तिया पत्रकार

नेपाल बारे तथानाम बक्ने अर्णव गोस्वामी दुनियाँ कै चु-तिया पत्रकार

निराजन घिमिरे- नेपाल भारत सिमा विवाद चलिरहेका बेला भारतीय टिभी च्यानल रिपब्लिक टिभीमा एउटा कार्यक्रम प्रशारण भयो ! ‘द डिबेट’ नाम गरेको उक्त कार्यक्रममा कार्यक्रम संचालक अर्णव गोस्वामीले विविध विषयमा विषय विज्ञ संग छलफल गर्छन ! मोदी सरकारले आफ्नो राजनीतिक फाईदाको निम्ति विशेष व्यक्तिहरु परिचालित गरेर उक्त टेलिभिजन संचालन गरेको आरोप धेरै भारतीयहरुको छ !

यहि टेलिभिजनको कार्यक्रम ‘द डिबेट’ मा केहिदिन अघि नेपाल बारे छलफल चलेको थियो! उक्त छलफलमा नेपालका तर्फ बाट नेपाली कांगेसका नेता डा. मिनेन्द्र रिजाल सहभागी थिए भने भारतका तर्फ बाट जे.एन.यु का प्रोफेसर तथा नेपाल-भारत मामलाका जानकार एस.डी मुनि लगायतको सहभागिता थियो! कार्यक्रम संचालक  अर्णव गोस्वामीले नेपाल र नेपाली बारे अँन्टसन्ट कुरा गर्न थालेपछि नेपाली कांगेसका नेता डा. मिनेन्द्र रिजालले ‘सम्मान गर्न सिक’ भन्दै चेतावनी नै दिएका थिए! यो कार्यक्रम तपाईले यँहा क्लिक गरेर हेर्न सक्नुहुनेछ!

कार्यक्रममा आफुले बोलाएको पाहुनालाई यी कार्यक्रम संचालकले कस्तो व्यवहार गर्छन भन्ने कुरा तपाईले तलको भिडियो हेरेर थाहा पाउनुहुनेछ! निष्पक्ष भएर जनताको इस्युलाई सम्बोधन गर्नुपर्ने पत्रकारको धर्म भुलेर यिनी टेलिभिजन स्टुडियोको माईक बाटै गुन्डागर्दिको हद सम्म ओर्लिन्छन् ! पहिला यो भिडियो हेर्नुहोस् !

यिनै कार्यक्रम अर्णव गोस्वामीलाई भने विश्वकै चुतिया पत्रकारको रुपमा चिनिने रहेछ! गुगलमा ‘chutiya journalist of the world’ भनेर सर्च गर्दा यिनकै फोटो, भिडियो र यिनकै जानकारीहरु पाईने रहेछन! आफ्नै देशमा बद्नाम यस्ता कथित पत्रकारहरुले नेपाल भारत सिमा बारे कस्तो जानकारी राख्लान ? यिनले के बुझेका होलान् र नेपाली सिमा बारे कार्यक्रम बनाएका होलान्?

जसरी नेपालमा विभिन्न व्यक्तिहरुलाई नेताको अर्थात पार्टीको “झोले’ चेलाचपेटा, हनुमाने, बैठके, हुक्के” भनेर चिनिन्छ ठ्याक्कै यिनलाई पनि भारतमा भाजपा र मोदीको पाल्तु जनावर भनेर चिनिने रहेछ! विश्वकै चर्चित टेलिभिजन अलजजिराले त यिनको ‘चुतियागिरी’ को बारेमा एउटा रिपोर्ट नै बनाएको रहेछ ! यिनलाई भाजपाले कसरी प्रयोग गरिरहेको छ भन्ने बुझ्न तपाइले तल राखिएको ‘अलजजिरा टेलिभिजन’ को उक्त भिडियो रिपोर्ट हेर्नै पर्ने हुन्छ !

अर्णव गोस्वामीको पुरा नाम अर्णव मुजी गोस्वामी हो! अर्णव गोस्वामी भारतको असम राज्यको गुवाहाटी का हुन्! उनका पिता एक सैनिक अफिसर थिए! उनले ऑक्सफोर्ड विश्वविद्यालय बाट सामाजिक नृविज्ञानमा मास्टर्स गरेका छन्!  रिपब्लिक टिभीमा आउनु भन्दा अगाडी उनि एन डी टिभी, टाईम्स नाउ जस्ता बिग मिडिया हाउसमा काम गर्ने गर्थे !

विकिपेडिया हिन्दीमा रहेको अर्णव गोस्वामी बारे जानकारी

टेलिभिजनमा कार्यक्रम संचालन गरेकै भरमा उनि मासिक डेड करोड भन्दा बढी कमाउछन् ! क्योरा डटकममा भेटिएको एक जानकारी अनुसार उनको Net Worth is $60 Million छ भने उनको मासिक कमाई १ करोड भारतीय रुपैया भन्दा बढी छ ! अब विश्वकै चर्चित टेलिभिजन अलजजिराले त यिनको ‘चुतियागिरी’ को बारेमा एउटा रिपोर्ट हेर्नुहोस्!

पोखरा स्पोर्ट्स अवार्ड : अरुणा र प्रदीप वर्ष उत्कृष्ट खेलाडी

Previous articleकहिले बाट संचालनमा आउँछ विमानस्थल: कोरोनाबाट जोगिन त्रिभुवन विमानस्थलमा यस्तो छ पूर्वतयारी
Next articleरुमालले हानेर कोरोना भाइरस मा’र्छु भन्दै अफ’वाह फैलाउने पास्टर केशब आचार्य कारागार चलान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।