कतारी नागरिक मारे’को आ’रोपमा मृ’त्युद’ण्ड दिइएका अनिलको अन्तिम फोन, मलाई आजै सु’ट गर्दैछ….

कतारी नागरिक मा’रेको आ’रोपमा मृ’त्युद’ण्ड दिइएका अनिलको अन्तिम फोन, मलाई आजै सु’ट गर्दैछ….

काठमाण्डौ – गएको वैशाख ४ अर्थात अप्रिल १६ तारिख । बिहान त्यस्तै साढे ६ बज्नै लाग्दा महोत्तरीका ओमप्रकाश चौधरीको मोबाइलमा घण्टी बज्यो । फोन कतारबाट आएको थियो । फोन उठाउनुभयो । कतारबाट फोन गर्ने उहाँका भाञ्जा अनिल चौधरी हुनुहुन्थ्यो । फोन उठाउन साथ भाञ्जाले भन्नुभयो, ‘मामा आज कतारीको परिवार आउँदैछ, सायद मलाई आजै सु’ट गर्छन् ।’ ओमप्रकाश बोल्न सक्नुभएन ।

अनिल थप बोल्नुभयो, ‘मैले केही गल्ती गरेको छैन, मलाई ह’त्या’रा नठान्नु, मलाई आजै सुट गर्ने भएरै होला को कोसँग बोल्न मन लागेको छ भनेर सोध्दै फोन गर्न दिइरहेको छ ।’ ओमप्रकाशले बुवाआमासँग पनि कुरा गराइदिनुभयो । बुवासँग पनि अनिलको बोली एउटै थियो, ‘कसरी यस्तो भयो थाहा छैन, मेरो ब्लड कसरी मिल्यो, मैले मा’रेको होइन ।’

अनिलको अ’त्यास र अघिल्लो दिनदेखि आएको फोनले ओमप्रकाशलाई लाग्यो, यो नै भाञ्जासँगको कुराकानी अन्तिम हुनेछ । श’ङ्का सही साबित भयो । परिवारलाई प्राप्त भएको कागजात अनुसार अनिलको त्यही दिन अप्रिल १६ तारिख बिहीबार कतारी समय अनुसार बिहानको ६ बजेर ३८ मिनेटमा गो’ली हानेर मृ’त्युद’ण्ड दिइयो । अहिले बेलाबेला कतारी नम्बरबाट ओमप्रकाशको मोबाइलमा घण्टी बज्छ । उहाँ झ’स्कनुहुन्छ ।

पहिले पहिले अनिलको ज्यान बचाउने कुरा गर्न अरुले फोन गर्थे । तर अहिले अनिलको श’व व्यवस्थापनका बारेमा सोध्न फोन गर्छन् । श’व अस्पतालमा छ । एक महिना बित्दा पनि श’व त्यतै अ’न्त्येष्टि गर्ने या नेपाल नै ल्याउनका लागि कुर्नेे भनेर परिवारले सोच्न सकेको छैन । अनिलकी आमा गीतादेवी चौधरीलाई त छोरोलाई मृ’त्युद’ण्ड दिइएको कुरा पनि थाहा छैन । परिवार र आफन्तले उहाँलाई यस्तो दुः’खद खबर सुनाउनसमेत सकेका छैनन् ।

‘आमालाई बेलाबेला गाउँका महिलाले तिम्रो छोरालाई मा’रे भन्दा रहेछन्, हामीसँग सोधखोज गर्नुहुन्छ, हामीले भन्न सकेका छैनौं’ ओमप्रकाश भन्नुहुन्छ ।’

किन दिइयो अनिललाई मृ’त्युद’ण्ड ?

परिवारका एक्ला छोरा अनिल चौधरी सन् २०१५ अगष्टमा लेबर भिसामा कतार पुग्नुभएको थियो । कार धुने कम्पनीमा काम गर्नुहुन्थ्यो । एसएलसी पास गरेपछि धेरथोर कमाएर फर्कियोस् भन्ने सोचेर बुवा श्यामकिशोर चौधरीले छोरा अनिललाई कतार पठाउनुभएको थियो । श्यामकिशोरका अनुसार अनिलले कतारमा १९ महिना काम गर्नुभयो । यस अवधिमा साढे तीन लाख रुपैयाँ जति बुवालाई पठाउनुभयो पनि ।

तर श्यामकिशोरका आडभरोसा एक्ला छोरा अनिल १९ महिनापछि कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको ह’त्याको आ’रोपमा २ अप्रिल २०१७ मा पक्राउ पर्नुभयो ।

अनिल दो’षी रहेको भन्दै कतारको तल्लो अदालतले २६ मार्च २०१८ मा सार्वजनिक स्थानमा गो’ली हानेर मृ’त्युद’ण्ड दिने फैसला गरेको थियो । कतारस्थित नेपाली दूतावासले चौधरीको जीवनरक्षाको लागि भन्दै सर्वोच्चमा बहस गर्नको लागि लाग्ने वकिल खर्च (झन्डै ३० हजार रियाल, करिब ६ लाख रुपैयाँ) माग गरेको थियो ।

कानूनी प्रतिरक्षाका लागि दूतावासमा पठाइएको पेश्की रकमबाट मु’द्दा ल’ड्न आवश्यक खर्च गर्न वैदेशिक रोजगार बोर्डले परराष्ट्र मन्त्रालय हुँदै नेपाली दूतावासलाई पत्राचार गर्‍यो । तर कतारको सर्वोच्च अदालतले तल्लो अदालतको फैसलालाई अनुमोदन गरेपछि जेल प्रशासनले अनिललाई मृ’त्युद’ण्डको फैसला कार्यान्वयन गर्‍यो। अनिललाई अप्रिल १६ मा सार्वजनिक स्थानमा गो’ली हानेर मृ’त्युद’ण्ड दिइयाे ।

भाञ्जा ओमप्रकाश भन्नुहुन्छ, ‘ जेलमा छँदासम्म ती कतारीको परिवारले माफ गरिदिन्छन् र अनिल फर्केर आउँला भन्ने आश थियो, अब सबै सकियो, हामी झन पी”डित भएका छौं, बोल्नलाई कुनै शब्दै छैन ।’ अनिललाई माफी दिनको लागि पी’डित परिवारले अ’स्वीकार गरेको थियो ।

श’व व्यवस्थापनबारे परिवारसँग समन्वय गर्न बोर्डलाई भनेका छौं : राजदूत

कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाजले अनिलको मृ’त्युद’ण्ड कार्यान्वयन हुनुअघि दूतावासमा जानकारी आएको बताउनुभयो । अहिले अनिलको श’व स्थानीय अस्पतालमा राखिएको छ । कतारको प्रकाशनले श’व नेपाल लैजान अनुमति पनि दिएको छ । तर कोरोना भाइरसका कारण नेपाल र कतारमासमेत लकडाउन र अन्तर्राष्ट्रिय उडान बन्द भएकाले श’व व्यवस्थापनमा परिवारसँग समन्वय गर्न बोर्डमा अनुरोध गरिएको राजदूत भारद्वाजले बताउनुभयो ।

तर परिवारले भने अझै निर्णय गरिसकेको छैन । ‘यो बेला छलफल गर्दा आमालाई गाह्रो हुन्छ भनेर हामी चुपचाप बसिरहेका छौं, कसरी के गर्ने सोच्न सकेको छैन, हामीलाई फोन चाहिँ आइरहन्छ, कतारमै अ’न्त्येष्टि गर्ने हो कि भन्ने पनि भैरहेको छ, तर सल्लाह गर्न बाँकी छ’ ओमप्रकाशले भन्नुभयो । सन्जिता देवकोटा/ उज्यालो अनलाईन 

पाकिस्तानमा यात्रुवाहक बस खाल्डोमा खस्दा १९ जनाको मृत्यु

Previous articleरुमालले हानेर कोरोना भाइरस मा’र्छु भन्दै अफ’वाह फैलाउने पास्टर केशब आचार्य कारागार चलान
Next articleदु’नियाँको गा’ली खाने गरि वर्षा राउतले के भनिन् त्यस्तो? भि’डियो हेर्नुहोस्
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।