Home Uncategorized दुई छाक जोहो गर्न बालुवा झिक्न पसेका दम्पतीको ढिस्कोले पु’रिएर मृ’त्यु

दुई छाक जोहो गर्न बालुवा झिक्न पसेका दम्पतीको ढिस्कोले पु’रिएर मृ’त्यु

दुई छाक जोहो गर्न बालुवा झिक्न पसेका दम्पतीको ढिस्कोले पु’रिएर मृ’त्यु

जाजरकोट, १४ जेठ । जिल्लाको नलगाड नगरपालिका ९ तात्रामा बालुवा निकाल्ने क्रममा ढिस्कोले पुरिएर एक दम्पतिको ज्यान गएको छ । स्वास्थ्य चौकीको भवन निर्माण गर्नका लागि बालुवा निकाल्ने क्रममा उनीहरू पुरिएकाे प्रहरीले जनाएको छ । ज्यान जानेमा स्थानीय ३५ वर्षीय एकराज सिंह र उनकी श्रीमती ३३ वर्षीया कुमारी सिंह रहेका छन् । त्यस्तैगरी अन्य ५ जना घाइते भएका छन् ।

घाइते हुनेमा स्थानीय यज्ञबहादुर सिंह, कमला सिंह, तारा सिंह, तारा सिंह र लक्ष्मी सिंह रहेका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

नेपालका विभिन्न भेगमा लेदोसहितको वर्षा

भारत र पाकिस्तानको मरुभूमिबाट नेपालमा धुलो उडेर आएको छ । यही बेला सक्रिय रहेको मौसमी प्रणालीले वर्षा गराएको छ । जसका कारण नेपालका विभिन्न भेगमा बुधबार हिले वर्षा भएको छ । विशेषगरी पूर्वी नेपालमा पहेलो कमेरो माटोजस्तो लेदो पानी परेको छ । पूर्वी नेपाल हुँदै नेपाल प्रवेश गरेको धुलो देशका विभिन्न सहरमा पुग्दा नपुग्दै वर्षासँग मिसिएर पृथ्वीको सतहमा त्यो धुलो खसेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तो धुलो मङ्गलबारदेखि नेपाल आएको हो । भारतको राजस्थान र पाकिस्तानको मरुभूमि क्षेत्रमा हावाको वेग तीव्र हुँदा हुरीसँगै धुलो नेपाल प्रवेश गरेको मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् । लेदो पानी परेपछि महाशाखामा धेरैले के भएको भनेर जिज्ञासा राखिरहेको उनले बताइन् । उनका अनुसार त्यो क्षेत्र हुँदै नेपालमा जलवाष्पयुक्त वायुसँगै बेलाबेलामा हावाले धुलो लिएर आउने गर्छ । यो धुलोको प्रदूषण एकाध दिन मात्र कायम रहने उनले बताइन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

‘नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यअनुरूप सरकारले काम गरिरहेको छ’

Previous articleदु:’खद् खबर: कोरोनाबाट मृ`त्यु हुनेको संख्या ५ पुग्यो, ललितपुरमा एक जनाको मृ`त्यु
Next articleनारायणी न’दीको काँ’स घा’रीमा गा’डिएको १४ वर्षीय कि’शोरीको श’ब प्रहरीले निकाल्यो; आफ्नै दाजुले ह’त्या गरेर गाडे’को आशं’का
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।