कोरोना नियन्त्रणको लागि अहिलेसम्म १० अर्ब रुपैयाँ खर्च

काठमाण्डौ – कोरोना महामारी नियन्त्रण तथा रोकथामकाे लागि सरकारले अहिलेसम्म झण्डै १० अर्ब रुपैयाँ खर्च गरेको छ । कोरोना नियन्त्रण, उपचार, क्वरेण्टीन निर्माण र राहत वितरणमा सरकारले नाै अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीका अनुसार कोरोना महामारी नियन्त्रण कोष, सरकारबाट विनियोजित रकम र प्रदेश तथा पालिकाले गरी नाै अर्ब ८७ करोड रुपैयाँ खर्च गरेका छन् ।

कोरोना कोष र सङ्घीय सरकारबाट ६ अर्ब तीन करोड, प्रदेशहरुबाट एक अर्ब आठ करोड र पालिकाहरुबाट दुई अर्ब ७६ करोड रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो ।पालिकहरुले गरेको खर्चको पूर्ण विवरण नआएको उहाँले बतउनुभयो । बुधबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिकाे बैठकमा खर्चको विवरण सार्वजनिक गरिएको हो ।

समिति बैठकमा लकडाउनलाई सहज बनाउँदै कसरी लैजान सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ । जनजीवन सहज बनाउँदै लकडाउनलाई कसरी लैजाने भन्ने विषयमा स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफल भएको छ । तहगत रुपमा लकडाउन खुकुलो पार्दै लैजाने गरी मस्यौदा तयारी गरी सरकारलाई बुझाउने समझदारी पनि बैठकमा बनेको छ ।

भानु जयन्तीमा भोलि गण्डकी प्रदेशमा सार्वजनिक बिदा

Previous articleराणा कालमा पा’द्न पनि पाईन्थेन: यस्तो थियो पा’देको स’जाय
Next articleक्रु’रताको प’राकाष्ठा: भुइँकटहर भित्र बम राखेर गर्भवती हात्तीलाई खान दिएपछि (भिडियो)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।