क्रु’रताको प’राकाष्ठा: भुइँकटहर भित्र बम राखेर गर्भवती हात्तीलाई खान दिएपछि (भिडियो)

क्रु’रताको प’राकाष्ठा: भुइँकटहर भित्र बम राखेर गर्भवती हात्तीलाई खान दिएपछि* भिडियो तल अन्तिममा हेर्नुहोला !

गत बुधबार एक गर्भिणी हात्ती पानीमा सुँड डुबाएर उभिइरहेको अवस्थामा म’री। हात्ती कुनै रो’ग वा दु’र्घटनामा परेर म’रेकी होइन। मानव-जनावर द्व’न्द्वमा मानिसले देखाएको क्रु’रताको परा’का’ष्ठाले उसको ज्या’न लिएको हो। स्थानीयले उक्त हात्तीलाई भित्र वि’स्फो’टक पदार्थ हालेर भुइँकटहर खुवाएका थिए। केही भुइँकटहर हात्तीको मुखमै प’ड्कि’एका थिए, केही भित्र गए। वन अधिकारीहरूले उक्त हात्तीबारे जानकारी सामाजिक सञ्जालमा राखेपछि उसमाथि क्रु’रता बाहिर आएको हो।

अन्दाजी १४-१५ वर्षकी जंगली हात्ती पालाक्कड जिल्लाको साइलेन्ट भ्यालीको जंगल छोडेर खानाको खोजीमा नजिकैको गाउँमा पुगेको थिई। त्यही बेला कसैले उसलाई बि’स्फो’टक पदार्थ भरेर भुइँकटहर दिएको वन अधिकारीहरूको भनाइ छ। त्यहाँका स्थानीयले भालुबाट आफ्नो बाली जोगाउन यसरी भुइँकटहरमा बिस्फोटक पदार्थ राख्ने पहिलादेखि नै गर्दै आएका छन्।

‘उसले सबैलाई विश्वास गरी। जतिबेला उसले खाएका भुइँकटहरहरू प’ड्किन थाले सायद ऊ आफ्नाबारे होइन १८-२० महिनामा आफूले जन्म दिन लागेको बच्चाकाबारे सोचेर दु’खित भई होली,’ वन अधिकारी मोहन क्रिसनले फेसबुकमा लेखेका छन्। क्रिसन उक्त हात्तीको उद्धारका लागि बनाएको र्‍यापिड रेस्पोन्स टिममा पनि थिए।

उसको मुखमै पड्कि”एको भुइँकटहरभित्र निकै शक्तिशाली बि’स्फो’टक पदार्थ रहेछ। त्यसले उसको जीब्रो र बंगरामा घाउ बनाएको छ। भुइँकटहर प’ड्कि’न थालेपछि पीडा सहन नसकेर हात्ती गाउँभरि डुली। मुखमै घा’उ भएकाले उसले केही खान पनि सकेकी थिइन। ‘छटपटाउँदै गाउँभरि हिँड्दा पनि उसले कसैलाई आ’क्र’मण गरिन, कसैको घरमा भ’त्काइन। मलाई लाग्छ ऊ ज्ञानी थिई,’ क्रिसनले हात्तीको तस्बिर राख्दै फेसबुकमा लेखेका छन्।

पछि हात्ती भेलियार नदीमा गई र पानीमै उभिई। हात्ती नदीमा सुँड र मुख डुबाएर उभिएको तस्बिरहरूमा देखिन्छ। नदीमा यसरी ऊ तीन दिनसम्म उभिइरही। यसो गर्दा शरीरभित्रको उसको ज’लन अलि कम हुन्थ्यो होला। वन अधिकारीहरूले मुखको घा’उमा आउने झिँगा र अरू किरा हटा’उन पनि उसले सुँड डुबाएको हुन सक्ने बताएका छन्।

भेलियार नदीमा सुँड डुबाएर उभिएकी हात्ती।

पछि वन अधिकारीहरूले सुरेन्द्रन र नीलकण्ठ नाम दिइएका दुई घर पालुवा हात्तीलाई ल्याएर उसलाई नदीबाट निकाल्न खोजेका थिए। उनीहरू हात्तीको शल्यक्रिया गर्न चाहन्थे। ‘सायद उसलाई आफू म’र्छु भन्ने थाहा थियो होला। हामीलाई केही गर्न दिइन,’ क्रिसनले लेखेका छन्। वन अधिकारीहरूले उद्धारका लागि घन्टौं गरेको प्रयासका बावजुद् मे २७ को दिउँसो ४ बजे उसले प्राण त्यागी।

त्यसपछि वन अधिकारीहरूले उसको मृ’त शरीरलाई ट्रकमा राखेर जंगलमा ल्याए। जंगलमै उनीहरूले उसको श’व जलाए। ‘उसले पाउन योग्य अ’न्तिम सं’स्कार दिनु जरूरी थियो। त्यही भएर हामीले उसलाई लोरीमा राखेर जंगल ल्यायौं। उसले खेले र हुर्केबढेको ठाउँमा चिता बनायौं। उसको पोष्टमर्टम गरेका डाक्टरहरूले मलाई भनेअनुसार उसको पेटमा बच्चा थियो।

मास्क लगाएकाले उनको अनुहार देख्न नपाए पनि मैले ती डाक्टरको वि’क्षि’प्तता महशुस गरें। हामीले झुकेर उसको चितामा हाम्रो अन्तिम सम्मान दर्शायौं,’ एक जना वन अधिकारीले भने। साइलेन्ट भ्याली नेशनल पार्क, पलक्कडका वाइल्डलाइफ़ वार्डन सेमुअल पचाऊले हात्तीको मृत्युको विषयमा मु’द्दा दर्ता भइसकेको जानकारी दिएका छन्। घटनामा संलग्नहरूको खोजी हुँदैछ। घटना भारतको केरलाको हो!

क्रु’रताको प’राकाष्ठा: भुइँकटहर भित्र बम राखेर गर्भवती हात्तीलाई खान दिएपछि* भिडियो

असार लागेसँगै ९४ अर्बले बढ्यो वाणिज्य बैङ्कको निक्षेप

Previous articleकोरोना नियन्त्रणको लागि अहिलेसम्म १० अर्ब रुपैयाँ खर्च
Next articleदा’गबत्ती दिन लागेको श’व प्रहरीले उठायो: श्रीमान् प’क्राउ अरु फ’रार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।