काठमाडौ। यश कुमार नेपाली गायक ,संगीतकार तथा अभिनेता हुन्। यश कुमारको जन्म सर्लाही जिल्लामा भएको थियो| उनले थुप्रै नेपाली चलचित्रहरूमा पनि आफ्नो स्वर दिइसकेका छन। यश कुमार बहुआयामिक, बहुप्रतिभाशाली ब्यक्ती जसको शब्द, संगीत र स्वरले जातित्व छुवाछुत गर्नेहरुमा सकारात्मक शन्देश प्रवाह गर्छ र उनले गाएका गीतहरू मध्ये ‘मैले छोएको पानी चल्दैन’ र ‘म आफ्नो शहरमा ईनार बनाउछु’ सबैभन्दा चर्चित गीत हरु हुन् | इन गीतहरुमा जातिय भेदभावको पिडा महशुश हुन्छ| आफ्नै गीत संगीतमा र रचनामा निपुण उसको रोमान्टिक गीतहरुमा माया प्रिती र बिछोडको भावना धेरै गहिरो हुञ्छ।


यश कुमारको जन्म सर्लाही जिल्लामा बुवा राम नेपाल र आमा गीता नेपालको कोखबाट सन् १९७८ नोवेम्बेर १६ मा भएको थियो। ऊनी विवाहित हुन् र ऊनको एउटा छोरा छ। उनले नेपाली चलचित्रहरूमा पनि अभिनय र निर्देशन गरेका छन्| यश कुमारको गीत संगीत र स्वरले जातित्व छुवाछुत गर्नेहरुमा सकारात्मक शन्देश प्रवाह गर्छ र उनले गाएका गीतहरू मध्ये ‘मैले छोएको पानी चल्दैन’ र ‘म आफ्नो शहरमा ईनार बनाउछु’ ले उसलाइ पहिचानदिएको छ|

यिनका गीतहरुमा जातिय भेदभावको पिडा महशुश हुन्छ| आफ्नै गीत संगीतमा र रचनामा निपुण उसको रोमान्टिक गीतहरुमा माया प्रिती र बिछोडको भावना धेरै गहिरो हुन्छ। देश विदेश घुम्न रुचाउने यश कुमारले आमेरिका, क्यानाडा, युरोप, ऑस्ट्रेलिया लगायत जापान, आरब देशहरुमा गीत गाएर प्रबाशी नेपालीहरुको मन जित्न सफल भएका छन् ।

गायक यश कुमारले अहिले जाजरकोटमा जातीय वि’वेदका कारण भएको दुर्घ’टनाको विषयमा केन्द्रित हुँदै अहिले समाजमा जात नै ठूलो पर्खाल बनेको निष्कर्ष दिएका छन् ।यश कुमार आफूले समेत जातीय वि’वेधका कारण संघर्ष गर्नुपरेको बताएका छन् । अन्तरजातीय विवाह गरेका यश कुमारले आफ्नो संघर्ष बुबाको विवाह पश्चात सुरु भएको बताउछन । “मेरो बुबा ब्राहमण अर्थात् नेपाल थरका हुन् भने आमा परियार अर्थात् द’लित समुदायबाट र वहाँहरुको विवाहबाट सुरु भयो अन्तरजातीय संघर्षको कथा ।

बुबाले परियारकि छोरीसंग विवाह गरेकै कारण गाउँ छोडेर जानु समेत परेको थियो । मेरो बुबाले त्यतिबेला जनै फालेर गाउँ (काभ्रे) छाडेर सर्लाही जानु भएको हो । म सर्लाही मै जन्मिएको हुँ । ”यश कुमारको नागरिकतामा सुरेश कुमार नेपाल परियार नाम लेखिएको छ । नागरिकता बनाउने बेला उनलाई परियार नलेखेर नेपाल मात्र लेख्न समेत सुझाव दिएका थिए तर उनले आफ्नो आमाको थर समेत राख्ने भनेर बुवा र आमा दुवैको थर सहित दर्ता गराए । लामो नै हुने भएपनि नेपाल र परियार दुवै थर राखेर आफ्नो नाम नागरिकतामा लेखाए । जातीय वि’वादबाट बाहिरिनु पर्ने समाज कल्पना गर्दै यशले आफूलाई जात भन्दा मान्छे भएर चिनाउन आफ्नो थर लेख्न छोडेका हुन्।

यश कुमारले समेत अन्तरजातीय विवाह गरेका हुन् । यशले आफ्नो प्रेमिका रीना शाहीसंग अन्तरजातीय विवाह गरेका हुन्। आफूले अन्तरजातीय विवाह गरेपनि आफुहरुले त्यत्ति धेरै संघर्ष गर्नुनपरेको उनको भनाई छ । “बुबा आमाको संघर्ष जस्तो हाम्रो विवाहमा संघर्ष भएन तर समाजमा भने जातीय वि’वेद र अन्तरजातीय विवाहका कारण देखिएको घ’टनाहरुले ठूलो दु’र्घटना हुने संकेत देख्छु । त्यसैले मैले आफ्नो कलाबाट यस कुरालाई उठाउने गरेकोछु।”
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल: ६,३२० जनाले गरे यात्रा, व्यापार भने शून्य


