बाराको पथलैयामा सेनाको ब्यारेक राखेकोमा सांसद सरिता गिरीको आपत्ति (भिडियो)

बाराको पथलैयामा सेनाको ब्यारेक राखेकोमा सांसद सरिता गिरीको आपत्ति भिडियो तल अन्तिममा हेर्नुहोला 

काठमाडौं । राजपा नेपालकी सांसद सरिता गिरीले बाराको पथलैयामा नेपाली सेनाको ठूलो ब्यारेक राखेकोमा आपत्ति जनाएकी छिन् । साथै निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको नाममा नेपाली सेनाको एयर बेस बनाउन लागेको भन्दै सरकारको जवाफ माग गरेकी छिन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएको बजेटमाथि धारणा राख्ने क्रममा सांसद गिरीले सरकारले बजेटमा सेनाको एयर बेस स्थापना गर्ने कुरा ल्याएको बताउँदै ठाउँ नतोके पनि आफूलाई थाहा भएको जिकिर गरिन् ।

उनले सेनालाई फास्ट ट्रयाक बनाउन दिएर सरकारले गलत काम गरेको बताउँदै निजगढमा सरकारले दुई तीन बर्षदेखि सेनाको एयर बेस बनाउन थालेको भन्दै आपत्ति जनाइन् । उनले सभामुखलाई अफूले राष्ट्रिय सुरक्षाको विषयमा कुरा गर्न लागेको बताउँदै सेनालाई बंकरबाट निकालेर कहाँ लैजान लागेको भन्दै उनीहरुलाई दक्षिण सिमाना लैजाने कि उत्तरीमा सिमानामा लैजाने भन्दै प्रश्न गरिन् ।

यसलाई सरकारले स्पष्ट पार्न माग गर्दै चीनले ३५ हेक्टर जमिन कब्जा गरेर राखेकोले उत्तरमा सेनाको पोष्ट बनाइन्छ ? भन्दै प्रश्न गरिन् । उनले निजगढ बिमानस्थल बनाउन लागेको भनेर प्रचार गरेपनि त्यसमा सत्यता नभएको र त्यहाँ सेनाको एयरबेस बनाउन लागेको दावी गरिन् । उनले भनिन्– ‘बजेटमा सेनाको लागि एयरबेस बनाउने भन्ने कुरा आएको छ । कहाँ बनाउने त्यसमा मौन छ तर मलाई थाहा छ दुई तीन वर्षदेखि निजगढमा एयरबेस बनाउने तयारी गरिएको छ ।

मैले बारम्बार भनिरहेको छु निजगढ विमानस्थलको बारेमा जे प्रचार गरिएको छ त्यसमा सत्यता छैन । निजगढमा सेनाको ब्यारेक बनाउने तयारी भइरहेको छ । फास्ट ट्रयाक सेनालाई दिइयो र पथलैयामा सेनाको ठूलो क्याम्प बनाइएको छ । जहाँ तीनतिरबाट सडक आएको छ त्यहाँ सेनाको क्याम्प बनाउन किन आवश्यक पर्यो ?’

सेनाको बारेमा सांसद गिरीले थप बोल्दै गर्दा समय सकिएका कारण सभामुखबाट माइक काटियो । सांसद गिरीले सरकारले ल्याएको बजेट संघीयता विरोधी रहेको बताउँदै जहाँ नेकपा सांसद जितेका छन्, त्यहाँ बजेट दिएको र अन्य स्थानमा विभेद गरेको आरोप समेत लगाइन् ।

हेर्नुहोस् भिडियो :

चितवनमा ह’त्याहिं’सा बढ्यो, अचानोले हानेर श्रीमानको ह’त्या

Previous articleएक पिता जो छोरी लिन स्कुल पुग्दा उनको पाइन्ट अगाडिपट्टि भिजेको थियो ।सबैले पुरा पढ्नुहोला
Next articleहलाे जोतेर दिन काट्दै पुर्वसभामुख महरा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।