सबै भारतीय चेली सरिता गिरि जस्तै हुदैनन्: यो मन त मेरो नेपाली हो मा नाच्दै हिमानी ( भिडियो )

0
64

सबै भारतीय चेली सरिता गिरि जस्तै हुदैनन्: यो मन त मेरो नेपाली हो मा नाच्दै हिमानी ( भिडियो तल अन्तिममा हेर्नुहोला) 

उज्यालो नेपाल, जेठ २७- सामाजवादी पार्टीको तर्फ बाट समानुपातिक सांसद बनेकी सरिता गिरि यतिबेला निकै आ लोचित छिन्! नेपाली जनताको भावना वि रुद्द भारतको पक्ष पोषण हुनेगरी अभिव्यक्ति दिएपछि सडक देखि सदन सम्म यतिबेला उनको वि रोध भैरहेको छ! विशेष गरि “नेपाली भुमि लिम्पियाघुरा नेपालको होइन भारतको हो” भन्ने जस्ता वि वादित अभिव्यक्ति दिएपछि सामाजिक संजालमा उनको चर्को वि  रोध भैरहेको छ!

सरिता गिरिको जन्म भारतको बिहार राज्यको हाजिपुर सोनपुर जिल्लामा सन् १९६१मा भएको हो! उनको विवाह २०३६ सालमा नेपाली नागरिक लक्ष्मण गिरि संग भएको हो! उनका ३ सन्तान छन् ! उनको पतिको मृ त्यु यस अघि नै भईसकेको छ! आफ्नो बाल्यकाल भारतको विहारमा बिताएकी सरिताले राजनीति शास्त्रमा एम.ए गरेकी छन् ! नेपाली नागरिक संग बिहे गरेर नेपाली नागरिक बनेकी सरिता पटक पटक सांसद बन्दै बाबुराम भट्टराईको मन्त्रीमंडलमा श्रम मन्त्री समेत बनेकी थिईन !

श्रम विभागका तत्कालिन महानिर्देशक सरुवा प्रकरणमा बि वादमा मुछिएकी श्रम तथा यातायात व्यवस्था मन्त्री सरिता गिरीलाई प्रधानमन्त्री बाबुराम भट्टराईले पद मुक्त गरेका थिए । महानिर्देशक भट्टराईले नयाँ मेनपावर कम्पनी दर्ता गर्न नमानेपछि गिरीले सरुवा गरेकी आ रोप थियो। प्रधानमन्त्री भट्टराईले महानिर्देशकको सरुवालाई लिएर गिरीसँग स्पष्टिकरण समेत सोधेका थिए । पटक पटक नेपाली राजनीतिमा वि वादमा आईरहने सरिता गिरिको सांसद पद खोस्न पर्ने आवाज पनि यतिबेला उठिरहेको छ!

 

एक भारतीय चेलीको वि रोध भइरहँदा अर्की भारतीय चेलीको वाही वाही भइरहेको छ । सांसद सरिता गिरीको वि रोध भइरहँदा टिकटकमा नेपाली गीतमा नाचेको भिडियो सार्वजनिक भएपछि अर्की भारतीय चेली तथा नेपालकी पूर्वयुवराज्ञी हिमानी शाहको नेपाल देश प्रेम भावनाले ओतप्रोत भएको भन्दै सामाजिक सञ्जालमा वाही वाही भइरहेको छ !

सरकारले कोरोना नियन्त्रणको लागि लगातार जारी राखेको लकडाउनले गर्दा धेरै नेपालीहरु सामाजिक सञ्जालमा सक्रिय छन् । सोसल मिडियामा नै नचलाउनेहरु पनि यससँग जोडिएका छन् । घरभित्र नै थुनिएका धेरै मानिसहरु टिकटकसँग जोडिएको पाइन्छ । लकडाउनको समयमा पुराना हस्ती कलाकारहरुसमेत टिकटकमा देखिएका छन् । वरिष्ट कलाकार मदन कृष्ण श्रेष्ठ, गौरी मल्ल लगायत धेरैलाई टिकटकमा अभिनय गर्दै गरेको देख्न पाइन्छ ।

टिकटक अहिलेका युवा पुस्ता धेरै रूचाइएकाे सामाजिक सञ्जाल हाे । उनीहरू टिकटक भिडियो बनाएर रमाइलो गर्ने गर्छन् । टिकटक अभिनयका कारण कति त कलाकार भएर चलचित्रमा समेत अभियनय गर्न मौका पाएका छन् । यसैबीच पूर्वयुवराज्ञी हिमानी शाह पनि सामाजिक सञ्जालमा टिकटकमा निकै सक्रिय हुन थालेकी छन् । पछिल्लाे समय उनी सामाजिक सञ्जालमा एकाएक चर्चामा आएकी छन् ।

 

उनको टिकटक एकपछि अर्को लगातार भाइरल बन्दै गएको छ । हिमानीले छोरीद्वय पूर्णिका राज्य लक्ष्मी शाह र कृतिका राज्य लक्ष्मी शाहसँग टिकटककामा गरेकी अभिनय अहिले भाइरल बन्दै गएकाे पाइन्छ । छोरीहरुलाई भेट्न थाइल्यान्ड पुगेकी र लकडाउनका कारण अहिले उतै अड्किएकी हिमानीकाे अहिले अर्को देशभक्तिपूर्ण टिकटक भिडियो भाइरल बन्दै गएकाे छ । उक्त भिडियोमा ‘यो मन त मेरो नेपाली हो’ बोलको गीतमा उनी आफ्नी छोरीसंगै नाच्दै गरेको देख्न सकिन्छ ।

‘गुराँसको फेदमुनि सम्झनाको छाँया, जहाँ गए किन लाग्छ मलाई तिम्रै माया’ बोलको गीतमा हिमानीले दुई छोरी पूर्णिका र कृतिकासँग नृत्य गरेकी भिडियो पनि अहिले सामाजिक सञ्जालमा भाइरल छ । लकडाउनका कारण अस्तव्यस्त दैनिकीकमा आफूलाई कसरी खुसी र स्वस्थ रहन सकिन्छ भन्ने हिमानी शाहबाट सिक्न सकिने भन्दै धेरैले उहाँहरुको टिकटक भिडियो सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रकी छोरा बुहारी तथा पूर्वयुवराज पारस शाहकी पत्नी हिमानी भारती चेली हुन् । उनी भारतको राजस्थानको सिकरका पूर्व सूर्यबंशी राजकूलका राजा बिक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हुन्। हिमानी कोषमार्फत समाजसेवामा लागिरहेकी हिमानी सबैकी प्रिय छिन् । उनको सौन्दर्यता र समाजसेवालाई लिएर चर्चा हुने गरेको छ । राजतन्त्र अन्त्य नभएको भए उनी नेपालको महारानी हुने थिइन् । सांसद सरिता गिरी र पूर्वयुवराज्ञी हिमानी दुवैले नेपाली नागरिकता लिएका छन् र उनीहरु नेपाली नागरिक भएका छन् ।

सबै भारतीय चेली सरिता गिरि जस्तै हुदैनन्: यो मन त मेरो नेपाली हो मा नाच्दै हिमानी (भिडियो) 

भारतमा नेपाली सवार बसलाई ट्रकले ठक्कर दिंदा ४ नेपालीको मृत्यु

Previous articleसं’सार ह’ल्लाएका अ’न्डरव’र्ल्ड ड’न दाउद इब्राहिमको कोरोनाबाट मृ’त्यु भएको खबर बाहिरियो, श्रीमती पनि संक्रमित
Next articleकुवेतमा आममाफीमा सहभागी ३ सय नेपाली महिला बुधबार स्वदेश फर्कने