कुवेतमा आममाफीमा सहभागी ३ सय नेपाली महिला बुधबार स्वदेश फर्कने

0
67

कुवेतमा आममाफीमा सहभागी ३ सय नेपाली महिला बुधबार स्वदेश फर्कने

काठमाण्डौ – कुवेतबाट बुधबार आममाफीमा सहभागी ३ सय महिला स्वदेश फर्कने निश्चित भएको छ । बुधबार दुई वटा जहाजमार्फत कुवेत सरकारले नै आममाफीमा सहभागी भएका महिलालाई नेपाल पठाइदिने भएको हो । फर्कने तीन सय जनाको सूची कोभिड १९ क्राइसिस म्यानेजमेण्ट कमिटी (सीसीएमसी)ले तय गरिसकेको छ । आममाफीमा सहभागी भएका र घरफिर्ती केन्द्रमा रहेका केही गरी २ हजार ९९१ जनाको सूची दूतावासले परराष्ट्रलाई बुझाएको र उनीहरुमध्ये ३ सय जनालाई दुई वटा उडानमार्फत कुवेत सरकारले नेपालसम्म पुर्‍याइदिने कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

 

‘यहाँबाट लैजान समस्या छैन, नेपालमा कतिवटा जहाज ल्याण्ड गर्न दिनुहुन्छ भन्ने उताको कुरा भयो’ राजदूत भण्डारीले भन्नुभयो, ‘यहाँबाट पठाउन हामी तयार छौं, कतिबजे र कतिजना लिएर जहाज जाने भन्ने जानकारी चाहिँ नेपालबाट आएको छैन ।’ कुवेतबाट जजिरा एअरवेजले नेपालीहरुलाई लिएर आउने छ । तर समय भने टुङ्गो लाग्न बाँकी छ । कुवेत सरकारले भिसाको अवधि सकिएका र रोजगारदाता परिवर्तन गरेर काम गर्दा कागजातबिहीन भएका विदेशी नागरिकलाई आममाफीमा सहभागी गराएर आफ्नै जहाजमार्फत स्वदेश फर्काइदिइरहेकाे छ ।

Tribhuwan International Airport
Tribhuwan International Airport

आममाफीमा नेपालीसहित अरु देशका नागरिक पनि सहभागी भएका छन् । उनीहरुलाई कुवेतले यसअघि नै स्वदेश फर्काएकाे छ । नेपाल सरकारको मापदण्डअनुसार कुवेतले नेपाल फर्कनेहरुको कोरोना जाँच पनि आफैंले गरिदिने छ । गएको अप्रिल २६ देखि ३० सम्म कुवेतले दिएको चार दिनको आममाफीको समयमा झण्डै तीन हजार नेपाली सहभागी भएका छन् ।

उनीहरु कुवेत सरकारले नै निर्माण गरेको सेल्टरमा बसिरहेका छन् । कुवेतले नै खाद्यान्न लगायतको व्यवस्था गरिरहेको छ । नेपालले अनुमति दिएमा कुवेत यसअघि नै पनि आममाफीमा सहभागीलाई ल्याइदिन तयार थियो । यस्तै अस्ट्रेलियामा समस्यमा परेका ११ नेपाली पनि बुधबार नै नेपाल फर्कने भएका छन् । यूएईबाट भने आउने, नआउने टुंगो लागिसकेको छैन । सन्जिता देवकोटा/ उज्यालो अनलाईन 

पक्राउ परेका सुरक्षा गार्ड भेट्न पुगे रवि, मन्त्रीलाई नियम सिकाएकोमा दिए धन्यवाद

Previous articleसबै भारतीय चेली सरिता गिरि जस्तै हुदैनन्: यो मन त मेरो नेपाली हो मा नाच्दै हिमानी ( भिडियो )
Next articleभारतीयले स-श’स्त्रको ह’तियार खोसेपछि १५ रा’उण्ड गो’लि चल्यो, केहि घा’ईते एकको मृ’त्यु