Home Uncategorized बहराईन बाट नेपाल फर्कन पाउनेको पहिलो चरणको २५६ जनाको नामावली आयो, हेर्नुस...

बहराईन बाट नेपाल फर्कन पाउनेको पहिलो चरणको २५६ जनाको नामावली आयो, हेर्नुस को को परे

बहराईन बाट नेपाल फर्कन पाउनेको पहिलो चरणको २५६ जनाको नामावली आयो, हेर्नुस को को परे

बहराईनमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि असार ७ गते देखि  बहराईन-काठमाण्डौ चार्टर्ड उडान हुने भएको छ । पहिलो उडान असार ७ मा हुनेछ भने अन्य उडानको जानकारी पछी दिईने बहराईनमा रहेको नेपाली राजदुतावासले जानकारी दिएको छ!  नेपाल सरकारले तोकेको प्राथमिकतामा परेका २५६ जनाको सूची सार्वजनिक गर्दै बहराईनमा रहेको नेपाली दूतावासले स्वदेश फिर्तीको लागि टिकट काट्न सूचना जारी गरेको छ ।

काठमाडौँ सम्मको ३९२ अमेरिकी डलर अर्थात १४८ बहराईनी दिनार भाडा तोकिएको छ । यो उडानमार्फत स्वदेश फर्कने प्राथमिकतामा परेकाहरुमा सुत्केरी, गर्भवती, बिरामी, सि किस्त बिरामी परेका पुरुष, अध्ययनका लागि रहेका विद्यार्थी, व्यापारिक तथा पर्यटक भिसामा रहेकाहरु, रोजगारी भिसामा रही भिसा अवधि सकिएका, कोरोनाको कारण रोजगारी गुमाएका, सामान्य रुपमा बिरामी भएको पुरुषहरु, आफन्तको मृ त्यु भइ घर फर्कन पर्नेहरु, घर फर्कन चेक आउट मेमो र टिकट लिएर अल पत्र परेका रोजगारी भिसामा रहेका र कम्पनीबाट रोजगारीसहित लामो बिदाको सुविधा पाएकाहरु रहेका छन् ।

नेपाल फर्कन यो प्राथमिकतामा परेका सबै नेपालीले टिकट आफैंले लिनुपर्ने हुन्छ । एअरलाइन्सका प्रतिनिधि रमेश पाण्लाडेलाई +९७७-९८४९६३३८७९ मा सोझै कल गरेर वा भाईवर मार्फत सम्पर्क गरेर टिकट काट्न सकिनेछ । आफन्तले माथिको नम्बरमा सम्पर्क गरेर नेपालमा पनि टिकट काट्न सक्नेछन् । सरकारले विदेशबाट घर फर्कने नेपालीले कोरोना जाँचको रिपोर्ट नेगेटिभ आएको प्रमाणपत्र साथमा राख्नुपर्छ । बहराईन बाट चार्टर्ड जहाजमार्फत फर्कने नेपालीले कोरोना जाँच पनि आफ्नै खर्चमा गर्नुपर्छ ।

सात दिनभित्रको कोरोना जाँचको पीसीआर अथवा आरटिडी जाँच आफू नजिकै रहेको निजी क्लिनीक या अस्पतालमा गएर गर्न सकिन्छ । यात्रुले अनिवार्य मास्क लगाउनु पर्नेछ भने उडानहुनुभन्दा चार घण्टाअघि नै विमानस्थल पुग्नुपर्नेछ । कोरोना परिक्षणको लागी दुताबासले निम्न स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरेको छ!

  • Ibn Al Nafees Hospital (Rd No 3302, Manama, Bahrain) लोकेसन हेर्न यँहा क्लिक गर्नुहोस फोन नं. +973 1782 8282
  • Al Kindi Hospital (Building 960، Hwy 35, Manama 330, Bahrain) लोकेसन हेर्न यँहा क्लिक गर्नुहोस फोन नं. +973 1724 0444
  • Royal Bahrain Hospital (29, Manama, Bahrain) लोकेसन हेर्न यँहा क्लिक गर्नुहोस फोन नं. +973 1724 6800
  • Bahrain Specialist Hospital (Rd No 2447, Manama, Bahrain) लोकेसन हेर्न यँहा क्लिक गर्नुहोस फोन नं.+973 1781 2222
  • Al Salam Specialist Hospital (Building 1, Road 39, Block 941, Riffa, 80278, Bahrain) लोकेसन हेर्न यँहा क्लिक गर्नुहोस फोन नं. +973 1310 1010
  • American Mission Hospital (Manama, Bahrain)  लोकेसन हेर्न यँहा क्लिक गर्नुहोस फोन नं.+973 1717 7711
  • Dr. Tariq Hospital (Manama, Bahrain)  लोकेसन हेर्न यँहा क्लिक गर्नुहोस फोन नं.+973 1782 2822
  • Noor Specialist Hospital ( 99 King Abdulaziz St, Manama, Bahrain)
    लोकेसन हेर्न यँहा क्लिक गर्नुहोस फोन नं. +973 1726 0026
  • Awali Hospital (Al Jamrah Ave, Awali 945, Bahrain) लोकेसन हेर्न यँहा क्लिक गर्नुहोस फोन नं. +973 1775 3333

पहिलो चरणमा प्राथमिकतामा परेकाहरुको नामावली 

प्रष्ट संग बुझिने गरि नामावली हेर्नको लागी यँहा क्लिक गर्नुहोला !!

चुनाव हार्नेभएपछि मतदाता प्रति हिमेशको आक्रोश: कतिले त भोट चाहिए रक्सी खुवाउनुस् भने

Previous articleभोलिदेखि रेडियो/टिभीबाट पढाइ, हेर्नुस् कुन विषय कतिबेला पढ्ने
Next articleअस्थाई साधन प्रयोग गरौ भन्दा श्रीमानले मान्नु भएन, १७ बच्चा फालिसकेँ’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।