‘उद्धार’ उडानमा नेपाल एयरलाइन्सको टिकट काट्न कसलाई सम्पर्क गर्ने ? (सूचीसहित)

‘उद्धार’ उडानमा नेपाल एयरलाइन्सको टिकट काट्न कसलाई सम्पर्क गर्ने ? (सूचीसहित)

नेपाल एयरलाइन्सले विदेशमा गर्ने उद्धार उडानका लागि हरेक मुलुकमा सम्पर्क व्यक्ति तोकेको छ । यात्रुले ती सम्पर्क व्यक्तिसँग सम्पर्क गरी इ-टिकेटिङका माध्यमबाट टिकट काट्न सक्ने भएका छन् । साइप्रस, मलेसिया र खाडी मुलुकका लागि लागत खर्चभन्दा पनि कम मूल्य निर्धारण गरी टिकटको मूल्य कायम रहेको नेपाल एयरलाइन्सले टिकट खरिद गर्न चाहने यात्रुको सहजिकरणका लागि सम्पर्क व्यक्ति तोकेको हो । साथै कम्पनीले गन्तब्य अनुसारको नयाँ भाडादर समेत सार्वजनिक गरेको छ ।

नेपाल एयरलाइन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत लागतभन्दा पनि कम मूल्य कायम गरी खाडी मुलुकमा टिकटको मूल्य राखेको जनाएको छ । ‘नेपाल वायुसेवा निगमले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरुलाई उद्धार उडान गर्दा सहुलियतपूर्ण भाडादरमा सेवा उपलब्ध गराउँदै आएको छ,’ नेपाल एयरलाइन्सद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता उडानमा यात्रु एकतर्फी मात्र हुने गर्दा निगमले लागत खर्चलाई मात्र आधार गरी उडान भाडादर निर्धारण गरेको हो ।’

Photo Credit: aviationnepal.com

कम्पनीका अनुसार यस्तो उडानमा अन्य कुनै संस्था वा निकायबाट आर्थिक सहयोग प्राप्त भएको छैन । सामाजिक उत्तरदायित्वलाई मनन गर्दै उद्धार उडानको भाडादर घटाउने निर्णय भएको हो । उडान गर्दा इन्धन, ओभरफ्लाइङ, ल्याण्डिङ, एयरक्राफ्ट ह्याण्डलिङ, मर्मत सम्भारलगायतमा खर्च लाग्छ । तर उद्धार उडानमा प्रत्यक्ष सञ्चालन खर्चमात्र उठ्ने कम्पनीको भनाइ छ ।

विदेश जान पनि पाइने

नेपालीको उद्धार हुने अवधिमा सम्बन्धित मुलुक र दूतावासले अनुमति दिएको अवस्थामा अब नेपाल एयरलाइन्सका जहाज चढेर सम्बन्धित मुलुक पनि जान पाइने भएको छ । उदाहरणका लागि जापान जान भिषा लागेको कुनै एक व्यक्तिले उद्धार उडानमा जापान जाने नेपाल एयरलाइन्सकै जहाज चढेर एक्लै पनि जापान जान सक्ने भएका छन् ।कहाँ कोसँग सम्पर्क गरेर टिकट काट्ने ?

  • Bahrain RAMESH KUMAR PANDEY 9849633879
  • Male MADHU SUDAN NEPAL 9851132455
  • Kuala Lumpur NARESH KUMAR SHRESTHA 9841436144
  • Dubai TIKA RAM PANGENI 9851163878
  • Bangkok HOM PRASAD PARAJULI +66898956120
  • Doha PREM UPRETI 9841475444
  •  TANKA RAI 9851192955
  • Narita SULEKH MISHRA 9861446188
  • Kuwait ASHMITA SUBEDI 9849321395
  • Cyprus SISIR GYAWALI 9851123058
  • Incheon INDU PANTHEE 9841410042
  • Muscat JANAK RAJ ARYAL 9851167286
  • Sydney MIMAMSA KARKI 9849157454
  • Melbourne SAROJ NEPAL 9841962064
  • L0s Angeles TILAK PRASAD LAMICHHANE 9851095181
Tribhuwan International Airport
Tribhuwan International Airport

यस्तो छ समायोजन भएको भाडादर 

  • Delhi INR 15630 NPR 25100
  • Mumbai INR 23410 NPR 37600
  • Bangalore INR 25600 NPR 41100
  • Bangkok THB 12280 NPR 47300
  • Hong Kong HKD 4260 NPR 66600
  • Malaysia MYR 1590 NPR 45100
  • Qatar QAR 1430 NPR 47500
  • Dubai AED 1320 NPR 43600
  • Japan (Narita) JPY 102260 NPR 113200
  • Dammam (Saudi Arabia) SAR 1610 NPR 52100
  • Riyadh (Saudi Arabia) SAR 1750 NPR 56300
  • Jeddah (Saudi Arabia) SAR 2210 NPR 71500
  • Sudan SDG 49190 NPR 107800
  • Maldives MVR 7420 NPR 58100
  • Bangladesh BDT 14000 NPR 20000
  • Oman OMR 14 NPR 44600
  • Bahrain BHD 150 NPR 47500
  • Kuwait KWD 130 NPR 49700
  • Jordan JOD 480 NPR 81800
  • Cyprus EUR 640 NPR 88400
  • Sri Lanka LKR 70450 NPR 46000
  • London GBP 1010 NPR 155000
  • Frankfurt (Germany) EUR 1050 NPR 144100
  • Abu Dhabi (UAE) AED 1650 NPR 54500
  • Sharjah (UAE) AED 1650 NPR 54500
  • Melbourne (Australia) AUD 2310 NPR 195500
  • Sydney (Australia) AUD 2310 NPR 195500
  • Singapore SGD 720 NPR 63000
  • Seoul (South Korea) KRW 1052500 NPR 106000

https://ujyaalonepalnews.com/archives/8948

Previous articleसुशान्तसिंह राजपुतले भा’वुक पोस्ट गरेका थिए इन्स्टाग्राममा
Next articleहिमालय एअरलाईन्सको जहाज उद्दार उडान मार्फत आउन चाहनेले टिकट काट्न को संग सम्पर्क गर्ने?
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।