सुशान्तसिंह राजपुतले भा’वुक पोस्ट गरेका थिए इन्स्टाग्राममा
बलिउड अभिनेता सुशान्त सिंह राजपुतले मुम्बई बान्द्रास्थित आफ्नै घरमा आ’त्मह’त्या गरेका छन्। भारतीय सञ्चारमाध्यम अनुसार डि’प्रेसनको शि’कार भएका उनी आइतबार आफ्नै फ्ल्याटमा मृ’त अवस्थामा भेटिएका हुन्। यो खबरले उनका सहकर्मी तथा फ्यान शो’कमा छन्। दुई हप्ताअघिसम्म सुशान्त सामाजिक सञ्जालमा सक्रिय थिए। अ’न्तिमपटक जुन ३ मा उनले आफ्नो इन्स्टाग्राम मार्फत आफ्नी आमाको फोटो सेयर गरेका थिए।
जसमा उनले आफू र आफ्नी आमाको ब्ल्या’क एन्ड ह्वा’इट फोटो राख्दै केही हरफ लेखेका थिए। अंग्रेजीमा उनले लेखेका हरफको सार यस्तो थियो-

आँ’शुका थोपाहरूबाट वा’ष्पीकरण भइरहेको
मुस्कानका लागि ला’लायित कहिल्यै अ’न्त नहुने स’पनाहरू
र एक क्ष’णभंगुर जीवन
यी दुई बीच स’म्झौता गर्दै…
सुशान्त प्रायः आफ्नी स्व’र्गीय आमालाई सम्झिरहन्थे। आफ्नो फिल्म ‘धोनीः द अनटोल्ड स्टोरी’ को रिलिज समयतिर उनले एक अन्तर्वार्तामा समेत आमालाई सम्झिएका थिए।

उनले भनेका थिए,’मेरो सफलता हेर्न मेरी आमा जी’वित हुनुभएको भए सायद उहाँ निकै खुसी र ममाथि ग’र्व गर्नु हुने थियो। र, म अहिले जे छु त्यो भन्दा निकै फरक हुने थिएँ। पहिलेको तुलनामा अहिले मेरो कुनै पनि कुरा हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ। तर दुर्भाग्यवश म फेरि त्यही समयमा फर्कन सक्दिनँ।’

अन्तर्वार्तामा उनले थप भनेका थिए, ‘जुन सफलता र सम्बन्धले म उत्साहित हुन्थेँ, अब त्यति मतलब हुँदैन। मेरी आमा जी’वित हुनुभएको भए यी कुराको चासो हुँदैन थियो। तर मभित्र नै केही परिवर्तन भएकाले यी सबै कुरा सुस्त लागिरहेका छन्। चिजहरूका बारेमा अत्यधिक उत्साहित हुन म आफैसँग ज’बर्जस्ती गर्थेँ। त्यसैले होला म अभिनय गर्न रुचाउँछु, यसले मलाई मबाट टाढा हुन मद्दत गर्छ।’
यसअघि पनि उनले आफ्नी आमाको सम्झनामा कविता लेखेका थिए। भारतीय टेलिश्रृंखलाहरूमा जमेका राजपुतले सन् २०१३ मा ‘काइपोचे’ फिल्मबाट बलिउडमा डेब्यु गरेका थिए। ३४ वर्षीय राजपुतले पछिल्लो समय सारा अली खानसँग ‘केदारनाथ’ र श्रद्धा कपुरसँग ‘छिछोरे’ फिल्ममा अभिनय गरेका थिए। नितेश तिवारीको ‘छिछोरे’ले बक्स अफिसमा निकै चर्चा पाएको थियो।
चितवन जिल्लाबाट एकिकृत समाजवादीलाई समानुपातिकमा ५ हजार २१९ मत


