खोलाले बगाउँदा तीन वर्षीया बालिकाको मृत्यु

Click Image

त्रियुगा नगरपालिका–५ दमौटीमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा उजन राईकी छोरी तीन वर्षीया रेबिका राई रहेकी छिन्।

शनिबार दिउँसो २ बजे बालिका खोला नजिकै खेल्ने क्रममा खोलाले बगाएको थियो। बालिकाको शवलाई प्रकृया पूरा गरी आफन्तको जिम्म लगाइएको छ।

घट्नाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिए।

Previous articleलामो दूरीका यातायात तीन दिनका लागि बन्द
Next articleइलाममा बाढी-पहिरोले कम्तिमा १८ जनाको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।