भारत र चीनका सेनाबीच झ’डपः ज्यान गु’माउने भारतीय सेनाको संख्या २० पुग्यो, संख्या अझै बढ्न सक्ने
एजेन्सी । भारत र चीनको सीमामा भएको झ’डपमा भारतीय सेनाका क’मान्डिङ अफिसर समेत २० जना भारतीय सैनिकको मृ’त्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । लद्दाखको १४ हजार फिट उचाइँमा रहेको गालवन भ्यालीमा यो झ’डप भएको हो । यो क्षेत्रमा पछिल्लो ४१ दिनदेखि त’नाव रहेको छ । तना’वलाई कम गर्नका लागि छलफल भइरहँदा १५ जुन साँझदेखि थप त’नाव सिर्जना भएको थियो ।
त्यसपछि भएको झ’डपमा भारतीय सेनाका कर्णेलसहित २० जना सैनिकको मृ’त्यु भएको छ । ज्या’न गु’माउनेमा १६ बिहार रेजिमेन्टका कमा’न्डिङ अफिसर कर्णेल सन्तोष बाबू, हवलदार पालानी र सिपाही कुन्दन झा सामेल छन् । अन्यको नाम सार्व’जनिक भएको छैन । चीन तर्फ पनि ३ देखि ५ सैनिक मा’रिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

झ’डपका क्रममा चिनियाँ सैनिकतर्फ पनि हता’हती भएको भारतको दा’बी छ। तर बेइजिङले भने यसबारेमा औपचारिक जानकारी दिएको छैन। यता भारतीय रक्षामन्त्री राजनाथ सिंहले घ’टनापछि मंगलबार भारतका तीन वटा सैनिक सं’गठनका प्रमुखहरूसँग छलफल गरेका छन्। उक्त छलफलमा विदेश मन्त्री एस जयशंकर पनि सहभागी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
दुबै देशका अधिकारीहरूले परिस्थितिलाई थप बि’ग्रन न’दिन वार्ता भइरहेको जनाएका छन्। तर यो घ’टना यत्तिकै मत्थर हुने सम्भावना भने झिनो छ किनकी ४५ वर्षपछि भारत-चीन सीमामा पहिलो पटक भारतीय सैनिकको मृ’त्यु भएको हो। भारत र चीनबीच ३ हजार ४ सय ८८ किलोमिटर लामो सीमा जोडिएको छ। त्यसमध्ये अरूणाञ्चलदेखि लद्दाखसम्मको धेरै ठाउँमा लाइन अफ एक्चुयल कन्ट्रोल कुन हो भन्ने टुंगो लागेको छैन।

भारत स्वतन्त्र भएपछि सन् १९६२ मा चीन-भारतबीच यु’द्ध भएको थियो। उक्त यु’द्ध चीनले जितेको थियो। त्यसपछि पनि सीमाका विभिन्न ठाउँमा दुई देशका सेना आमनेसामने भइरहन्थे। तर सन् १९७५ यता सीमामा दुबै देशका सैनिकले एकअर्काको ज्यान लि’एका थिएनन्। १९७५ मा अरूणाञ्चलको तुलुङ लामा दुई देशका सैनिक भी’डेका थिए। लद्दाखमा त सन् १९६२ को यु’द्धपछि दुबैतिर अहिलेसम्म कुनै ह’ताहती भएको थिएन।
पछिल्लो समय भारत र चीनबीचको व्यापार बढ्दै गएको छ। संसारकै पहिलो र दोस्रो ठूलो जनसंख्या भएका यी छिमेकीबीच व्यापार बढ्नु स्वभाविक हुने नै भयो। व्यापार र सहकार्य बढेका बेला सीमामा कुनै ह’ताहती नहोस् भनेर सीमा ग’स्ती गर्ने दुबै देशका सैनिकहरू बिना ह’तियार हिँड्थे। उनीहरू वि’वाद हुँदा ध’केलाधकेल र मु’क्का हा’नाहा’नमात्र गर्थे।

भारत र चीन दुबै आ’णवीक श’क्ति राष्ट्र हुन्। तर पछिल्लो समय चीनले आफ्नो सै’न्य क्ष’मता व्या’पक रूपमा बढाएको छ। अहिले भारतको भन्दा चीनको सैन्य क्षमता ६२ गुणा ठूलो भएको बताइन्छ। अमेरिकापछि रक्षामा ठूलो बजेट खर्च गर्ने चीन दोस्रो राष्ट्र हो। राष्ट्रपति सीले सत्ता सम्हालेदेखि नै उनी चीनको क्षमता लु’काएर राख्ने होइन प्रदर्शन गर्ने पक्षमा छन्। सोहीअनुसार चीनले भारतीय सीमामा अतिक्रमण बढाएको भारतीयहरूको बुझाइ छ।
केही दिनअघि द वायरसँगको अन्तर्वार्ताका क्रममा भारतका पूर्वराष्ट्रिय सु’रक्षा सल्लाहकार शिवशंकर मेननले पछिल्लो समय सीमामा भइरहेको वि’वाद निकै चि’न्ताजनक भएको बताएका थिए। ‘चीन अहिलेसम्म कायम रहेको यथास्थितिलाई ब’दल्न खोज्दैछ। दोक्लममा उ दुई कदमअघि बढेर एक कदम पछि हटेको थियो। अहिले गल्वानमा पनि सैनिक भारत नियन्त्रित भूमिमा धेरै भित्रसम्म छिरेका छन् र एक कदम पछि हटेर पहिलाको भन्दा नयाँ परिस्थिति सिर्जना गर्न खोज्दैछन्,’ मेननले भनेका छन्।

सोमबारको घट’नामा ह’तियार प्रयोग भएको थियो कि थिएन भन्ने खुलेको छैन। पछिल्ला केही दिनदेखि लद्दाखमा दुई देशबीच त’नाव जारी छ। मे ५ मा लद्दाखको प्यान्गोङ सो हिमताल नजिकै दुई देशका सैनिकहरूबीच ध’केलाध’केल भएको थियो। उक्त ध’केलाध’केलमा परी दुबैतर्फका केही सैनिकहरू घाइते भएका थिए। चिनियाँ जनमुक्ति सेना यसअघिको लाइन अफ एक्चुयल कन्ट्रोल पार गरेर केही किलोमिटभित्र भारतीय भूमिमा आएपछि त’नाव भएको भारतको दा’बी छ।
सीमामा त’नाव बढेपछि दुबै देशले सै’न्यस्तरको वार्ता र सीमामा सै’न्य उपस्थिति पनि बढाएका छन्। पछिल्ला दिनमा पूर्वी लद्दाखको लाइन अफ कन्ट्रोलनजिकै चीनले थप ५ हजार फौज उतारेको उनीहरूको दाबी छ। चिनियाँ सञ्चारमाध्यमहरूले आ’पतकालीन अवस्थामा कसरी चिनियाँ फौ’ज लद्दाखको सीमासम्म पुग्न सक्छ भनेर केही दिनअघि एक भिडिओ सार्वजनिक गरेका थिए।

चीन र भारतको सीमामा भइरहेको तना’वबारे अमेरिकाले पनि चासो राखेको छ। मेको सुरूमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा वि’वाद समाधान गर्न अमेरिका मध्यस्ता गर्न तयार रहेको बताएका थिए। ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले भनेका थिए- दुबै देशलाई अमेरिकाले मध्यस्थता गर्न चाहेको मात्र नभई स’मस्या समाधान गर्न पनि स’क्षम भएको जानकारी गराइसकेका छौं।


