सशस्त्र प्रहरीद्धारा कटुवा पेस्तोल सहित दुई राउण्ड गोली बरामद

0
64

सर्लाही । सर्लाहीको बलरा नगरपालिकामा कटुवा पेस्तोल र पेस्तोलमा लाग्ने दुई राउण्ड गोली सशस्त्र प्रहरीले बरामद गरेको छ ।

नगरपाििलकाको वडा नंं, ५ स्थित बेल्वा फुलबरिया टोलको दशगजा नजिकै भारत बाट नेपाल तर्फ आउँदै गरेको एक पैदल यात्री सशस्त्र प्रहरीलाई देख्न साथ हातमा लिएको हाते झोला फाली फरार भएपछि झोला चेक गर्ने क्रममा कटुवा पेस्तोल र दुई राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरी बल नेपाल १० नं, गण हेडक्वाटर कविलासीका प्रहरी सहायक निरीक्षक प्रमोद कुमार सिंहले जानकारी दिनुभएको छ ।

बरामद गरीएको पेस्तोेल र गोली आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल १० नं गण हेडक्वाटर सर्लाहीका गणपति तथा प्रहरी उपरीक्षक बिनोद राज श्रेष्ठले जानकारी दिनुभयो

The post सशस्त्र प्रहरीद्धारा कटुवा पेस्तोल सहित दुई राउण्ड गोली बरामद appeared first on Rajdhani Daily News.

प्रविधिको सहयोगले मिल्यो तत्कालै नतिजा

Previous articleपार्टीको निर्णय सबैले मान्नुपर्छ : नेता खनाल
Next articleराजकुमार ह्यारीले बोन जोभीसँग गीत गाए