सम्मानका साथ नेपाली सेनाले ग-याे काेरोनाबाट मृ’त्यु भएकी महिलाको श’व व्यवस्थापन
नेपालगञ्ज, असार ३ गते । बाँकेमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएकी महिलाको श’व व्यवस्थापन गरिएको छ । बुधबार दिउँसो नेपाली सेनाको भैरवप्रसाद गणको विशेष तालिम प्राप्त टोलीले श’व व्यवस्थापन गरेको हो । नेपाली सेनाको टोलीले सङ्क्रमित महिलाको श’वलाई कोहलपुरस्थित मेडिकल कलेजको शिक्षण अस्पतालबाट प्लाष्टिकमा बेरेर मानखोला नजिकैको जंगलमा लगेर गाडेको छ ।

सङ्क्रमितको श’वलाई बोक्न सवारी साधनको समस्या भएपछि बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले आफूले प्रयोग गर्ने पिकअप गाडी उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ । सङ्क्रमित महिलाको श’वलाई मानखोलाको जंगलमा जेसीबीबाट खाल्डो ख’नेर गाडिएको थियो । गत जेठ ३० गते दिउँसो कोहलपुर शिक्षण अस्पतालको आप’तकालिन कक्षमा भर्ना भएकी बाँकेको बैजनाथ गाउँपालिका ६ का ४६ वर्षीया महिलाको सोमबार बेलुका साँढे ६ बजे मृ’त्यु भएको थियो ।

दायाँ फोक्सामा सम’स्या देखिएपछि अस्पताल भर्ना गरिएकी महिलाको सोही दिन स्वाब सङ्कलन गरिएको थियो । मंगलबार बेलुका आएको रिपोर्टमा ती महिलामा कोरोना सङ्क्रमण देखिएको थियो । कोरोना परीक्षणको रिपोर्ट आउनुभन्दा एक दिन पहिलेनै ती महिलाको ज्या’न गएको हो । मृ’त्यु भएपछि महिलाको श’व अस्पतालकै श’वगृहमा राखिएको थियो ।

ती महिलाको आइ’सियुमा राखेर उपचार गरिएकोले आइ’सियुलाई अहिले सि’ल गरिएको छ भने महिलाको उपचारमा संलग्न सबै स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालयका कोरोना फो’कल पर्सन नरेश श्रेष्ठले बताउनुभएको छ ।बैजनाथकी ती महिलाको मृ’त्युुसँगै बाँकेमा कोरोनाबाट मर्नेको संख्या दुई पुगेको छ ।

यसअघि जिल्लाको नरैनापुरमा भारतको मुम्बईबाट आएका एक युवकको क्वारेन्टाइनमा मृ’त्यु भएको थियोे । झा’डा पखा’ला लागेर नरैनापुर नयाँबस्तीका ती युवकको मृ’त्युपछि परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । उनको श’वलाई पनि सेनाको टोलीले राप्ती नदीको किनारमा जेसीबीले खाल्डो खनेर गाडेको थियो । सिराज खान/ गोरखापत्र अनलाईन
आगामी शैक्षिक सत्रदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू हुने


