लद्दाख त’नाबका बीच नेपाली आर्मी चिफको सीमाक्षेत्र भ्रमणले भारतमा तरङ्ग

0
43

लद्दाख त’नाबका बीच नेपाली आर्मी चिफको सीमाक्षेत्र भ्रमणले भारतमा तरङ्ग

५ असार, काठमाडौं । द्व’न्द्वकालको स्मरण गराउने गरी बुधबार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले कालापानी नजिकै सशस्त्र प्रहरीका जवानहरुलाई सम्बोधन गरे । ०६२/०६३ को आन्दोलनका वेला युटि’फाइड कमाण्डमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अ’नुसन्धान विभागका प्रमुखसँगै हिँड्ने र एकअर्काको एजे’न्सीमा गएर सम्बोधन गर्ने गर्थें । त्यसैको झल्को दिँदै सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाललाई छेऊमा राखेर प्रधानसेनापति थापाले छाङरुस्थित बोर्डर आउट पोष्ट (बीओपी) मा रहेका फौजलाई भने, ‘जुन सुरक्षा निकाय भए पनि हाम्रो उद्देश्य एउटै हो, दुवै निकायबीच सदैव सहकार्य रहन्छ । उच्च मनोबलका साथ सरकारले दिएको जिम्मेवारी पूरा गर्नुस् ।’

सशस्त्र प्रहरी प्रमुख खनालले पनि सीमा सुरक्षा जस्तो गहन जिम्मेवारी पूरा गर्न दत्तचित्त भएर लाग्न निर्देशन दिए । भ्रमण दलका एक अधिकृतका अनुसार खनालले भनेका छन्, ‘यहाँका जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनुस् र एउटा परिवार जस्तो भएर बस्नुस् ।’

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले प्रधानसेनापति थापा पृतनाको निरीक्षणका लागि सुदुरपश्चिम गएको दाबी गरेका छन्, त्यसक्रममा मातहतका इकाइको निरीक्षण गर्नु नियमित भएको उनको भनाइ छ । सशस्त्र प्रहरी बलले पनि आईजीपी खनालको भ्रमणलाई जिल्लामा रहेको ५० नं. गुल्म हेडक्वार्टर भवनको उद्घाटन प्रायोजनका लागि भएको भनेको छ । सेनापति थापा र सशस्त्रका महानिरीक्षक खनालले भ्रमण गरेको नेपाली भूमि हो । उनीहरु ८ किलोमिटर पर भारतले कब्जा गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा गएका होइनन् ।

तर, लद्दाखमा पछिल्लो पटक सिर्जित त’नावपछि त्रिदेशीय सीमामा भारत र चीन दुवै मुलुकले उपस्थिति बढाइरहेका वेला नेपालीका दुई सुरक्षा अंगका प्रमुख छाङरु पुग्नु संयोग मात्र हुन नसक्ने सुरक्षा एवं कूटनीतिक मामिलाका जानकारहरुको विश्लेषण छ । तर, नेपाल प्रहरीका अवकाश प्राप्त नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी भने भारत–चीन वि’वादका बीच भएको सीमा क्षेत्रको भ्रमणले राम्रो सन्देश नदिने बताउँछन् । उनी प्रश्न गर्छन्, ‘साचौं, अहिले भारतीय सेना प्रमुखले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको भ्रमण गरे, हामीलाई कस्तो म’नोवैज्ञानिक असर पर्छ ?

दुई ओटा सुरक्षा निकायका प्रमुखहरुको यो भ्रमणलाई भारतीय सुरक्षा निकायले यसलाई नजिकबाट नियालेको बुझिएको छ । भारतीय सञ्चारमाध्यमले थापा र खनाल कालापानी क्षेत्रमा पुगेको विषयलाई प्रकाशन तथा प्रशारण गरेका छन् । इन्डियन एक्सप्रेसले आज नेपालको राष्ट्रियसभाले नेपालको नयाँ नक्शा समेटेको निशान छाप अनुमोदन गर्न संविधान संशोधन प्रस्ताव पारित गर्नै लाग्दा सेनापति सशस्त्रका आइजीपीसहित कालापानी नजिकैको छाँगरुमा पुगेको भनेको छ ।

कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको भुभाग समेटेर नेपालले नयाँ नक्शा जारी गरेपछि भारत असन्तुष्ट रहँदै आएको छ । संसदबाटै यसको अनुमोदन प्रक्रिया बढेपछि भारतले वार्ताको वातावरण बिग्रिएको सन्देश दिइरहेको छ ।

विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

Previous articleसाउदी बाट पहिलो चरणमा फर्कन पाउनेको नाम लिस्ट आयो, हेर्नुस को-को परे
Next articleवास्तविकता नै नबुझी विदेश बाट फर्कने गर्भवती महिला माथि भद्दा कमेन्ट र तथानाम गाली