वास्तविकता नै नबुझी विदेश बाट फर्कने गर्भवती महिला माथि भद्दा कमेन्ट र तथानाम गाली

0
66

गत शुक्रबार संयुक्त अरब एमिरेट्स यूएईको दुबईबाट पहिलो चार्टर उडान मार्फद १ सय ४८ जना नेपाली लिएर नेपाल एयरलाइन्सको आरए २२९२ नम्बरको जहाज नेपाल फर्कियो । फर्किएका सबै जना दूतावासको फारम भरेर प्राथमिकतामा परेका नेपाली श्रमिक हुन् । फर्किनेमध्ये १ सय १ जना महिला र ४७ जना पुरुष रहेका थिए । १ सय १ जना महिलामध्ये ९४ जना गर्भवती छन् । उडानमा १० जना बिभिन्न रोगका कारण बिरामी छन् भने १० जना रोजगारदाता भागेपछि अलपत्र नेपाली श्रमिक थिए भने ३ जना जेष्ठ नागरिक पनि थिए ।

सामाजिक संजालमा ब्यापक नकारात्मक सन्देश फैलाएको भन्दै एनआरएनए युएई उपाध्यक्ष पासाङ्ग शेर्पाले भने – ‘शुक्रबार नेपाल फर्केका ९४ जना गर्भवती चेलीहरु यो महामारीको समयमा युएईको महंगो प्रसुती खर्च जोगाउन वा आफ्नै देशमा आफन्त परिवार माझ सुलभ प्रसुती र हेरचाह हुन्छ भनेर फर्केका वैधानिक गर्भवतीहरु थिए ।’ उपाध्यक्ष पासाङ्ग शेर्पाका अनुसार २७ जनाका त श्रीमानहरु पनि संगै फर्केका थिए भने अन्यका श्रीमानहरु एयरपोर्टसम्म छोड्न आएका थिए। बाँकी यूएईमै कार्यरत रहेको र भिजिट भिसामा श्रीमान् भेट्न यूएई पुगेकाहरु थिए ।

नेपाली दूतावासका श्रम सहचारी मोतीराम भुसालका अनुसार अहिले नेपाल फर्किएका गर्भवतीका श्रीमान यूएईमै कार्यरत छन् । यूएईमा राम्रो कमाइ भएकाहरूले परिवार बोलाउने गर्छन् । सपरिवार घुम्न युएई जाने चलन पनि बढ्दो छ । अन्तर्राष्ट्रिय उडान बन्द भएपछि यूएईमा रहेका उनीहरू आफ्नै देशमा सुत्केरी हुन महँगो चार्टर्ड फ्लाइटमा फर्केका हुन् । श्रम सहचारी भुसाल भन्छन्, ‘सामाजिक सञ्जालमा गर्भवतीहरूबारे जे–जे लेखिँदैछ, त्यो ज्यादै खेदजनक छ ।’

वैदेशिक रोजगारविज्ञ डा. गणेश गुरुङ कतिपय नेपालीको उग्र राष्ट्रवादी प्रवृत्ति, रोजगारीका लागि विदेश जाने महिलाप्रति राज्यको उतारचढावपूर्ण व्यवहार, विगतका केही घटना, सही सूचना प्रवाहमा भएको कमजोरीजस्ता कारणले सामाजिक सञ्जालमा ‘असामाजिक वक्तव्य’ आउने गरेको बताउँछन् । ‘कति नेपाली विदेशमा सुपरभाइजर, म्यानेजर भइसके । उनीहरूलाई कम्पनीले आवास दिन्छ र सपरिवार बस्छन् तर नेपाली समाजले यो बुझेको देखिएन’ । हुन पनि राम्रो कुराको प्रसार कमै गर्ने, आफूलाई खराब लागेका कुरा चर्को रुपमा उठाउने, हचुवाको भरमा जथाभावी टिप्पणी गर्ने नेपाली समाजको चलन छ । नत्र युएईबाट फर्किएका महिलाहरूबारे यस्तो टिप्पणी हुने थिएन !

समाजशास्त्री सन्ध्या बस्नेत समाजमा रहेको महिलाप्रतिको विकृत धारणा सामाजिक सञ्जालमा अभिव्यक्त भएको बताउँछिन् । काम गर्न विदेश गएका महिलाप्रति नेपाली समाजको दृष्टिकोण निकै भ्रामक र अन्यायपूर्ण भएको उनले बताइन् ।

एनआरएनए युएई उपाध्यक्ष पासाङ्ग शेर्पाले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेका छन् –

’दुबई एयरपोर्टमा म स्वयं र बिकाश शाही सबै यात्रुहरुको सहजीकरणको लागि खटेका थियौँ भने हरेक यात्रुसंग हामीले आफै अन्तरक्रिया समेत गरेको हुनाले सामाजिक संजालमा देखिएको नकारात्मक टिप्पणीहरु आधारहिन भएको जानाकारी गराउनको साथै सबै विकृत मानसिकताको उपजका कारण लेख्ने टिप्पणीकारहरुको तुच्छ सोचलाई हार्दिक श्रद्धाञ्जलीको लोप्पाले लोपारिदिएको जानकारी समेत गराउदछु ।’

 

खाना नपकाएको निहुँमा श्रीमानले लात्तीले हान्दा श्रीमतीको मृत्यु

Previous articleबिहे गरेको ६ महिनामा छोरो मर्यो, ईन्सुरेन्सको पैसा पचाउन
Next articleओढारमा भैंसी पालेर दुई छोरालाई मास्टर डिग्री पढाउने यि महान आमालाई सलाम