मलेसियाबाट घर: फर्कन इच्छुक ७ हजार ३१४ जना, श्रम र भिसा सकिएका धेरै (सुची सहित)

मलेसियाबाट घर फर्कनेको सूची सार्वजनिक : फर्कन इच्छुक ७ हजार ३१४ जना, श्रम र भिसा सकिएका धेरै

काठमाण्डौ – मलेसियाबाट ७ हजार ३४१ जनाले घर फर्कन आफ्नो विवरण टिपाएका छन् । भिसाको अवधि सकिएका, कामबिहीन भएका, कोरोनाबाट प्रभावित, गर्भवती, बिरामी लगायत सरकारले तोकेको प्राथमिकतामा पर्ने ७ हजार ३४१ जनाको सूची दूतावासले सार्वजनिक गरेको हो । मलेसियाबाट दुई उडानमार्फत त्यहाँ समस्यामा परेका केही नेपाली फर्किएका छन् ।

मलेसियामा पहिले दूतावासमा आफ्नो विवरण टिपाउनेलाई पनि दूतावासले फेरि विवरण भर्न लगाएको थियो । दूतावासले सार्वजनिक गरेको तथ्याँक अनुसार अधिकांश श्रम र भिसा सकिएर स्वदेश फर्कन खोज्नेहरु रहेका छन् । यस्तै मलेसियाबाट फर्कनेलाई मलेसियाको अध्यागमन कार्यालयले चेकआउट मेमाे वा बिदाको पत्र मध्ये एक खोज्ने गरेको दूतावासले जनाएको छ ।

रोजगारी भिसामा मलेसिया गएका तथा भिसाको अवधि सकिएकाहरुलाई स्वदेश फर्किन चेक आउट मेमो आवश्यक पर्दछ । चेक आउट मेमो पहिले नै बनाएको र त्यसको म्याद सकिएको भएपनि स्वदेश फर्किन बाधा नपर्ने दूतावासले जानकारी दिएको छ ।

यसैगरी भिसाको अवधि धेरै बाँकी रहेको तर स्वदेश फर्किनेहरुले भनें कम्पनीबाट विदाको पत्र बनाएर मात्र स्वदेश फर्किने प्रकृया गर्न दूतावासले सुझाव दिएको छ । नेपाल फर्किनेहरुले आफू फर्किने जहाज चढ्न तथा नेपाल प्रवेश गर्न नेपाल पुग्ने दिनको सात दिन भित्रको कोभिड १९ परीक्षणको रिपोर्ट साथमा राख्न पनि दूतावासले सूचित गरेको छ ।

घर फर्कने इच्छुक नेपालीकाे विवरण हेर्न यहाँ क्लिक गर्नुहाेस्

साढे दुई करोड खर्चेर चितवन नारायणी किनारमा एक महिने महायज्ञ हुदै

Previous articleअष्ट्रेलियामा समेत नेपालीको ठ’गी धन्दा, एकजोडी नेपाली प’क्राउ ( भिडियो सहित)
Next articleखैरहनि नगरपालिकाका २ आयोजना बिरूद्द अख्तियारमा उजुरी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।