अष्ट्रेलियामा समेत नेपालीको ठ’गी धन्दा, एकजोडी नेपाली प’क्राउ ( भिडियो तल अन्तिममा हेर्नुहोला)
अष्ट्रेलियाको सिड्नीमा अनलाइनमार्फत स्थानीय वृद्धालाई ठ’गी गरेको आ’रोपमा एक जोडी युवा–युवतीलाई प्रहरीले मंगलबार प’क्राउ गरेको छ। सिड्नीको पश्चिमी क्षेत्र टेलोपियामा एक अष्ट्रेलियन वृद्धा महिलाई टेलिफोन गरी बैंक खातामा समस्या आएको भन्दै उनीहरुले पैसा ठगी गरेको आरोप लागेको छ। प्रक्राउ परेका जोडी नेपाली भएको प्रहरीले पुष्टि गरेको छ। न्यु साउथ वेल्स प्रहरीका अनुसार गत जुन १९मा एक ८५ वर्षीया महिलाले आफू ठगीमा परेको लिखित उ’जुरी गरेकी थिइन्।

त्यसलगत्तै प्रहरीले अ’नुसन्धान थालेको र ठ’ग्ने गिरो’हसम्म पुगेको जनाएको छ। प्रहरीका अनुसार ठ’गहरुले आफूलाई बैंकको प्रतिनिधि बताउँदै ती वृद्धालाई टेलिफोन गरी खातामा समस्या आएकोले बन्द गरी नयाँ खाता खोल्नुपर्ने भनेका थिए। नयाँ खातामा जम्मा गर्नका ३ हजार डलर दिनुपर्ने भन्दै ठ’गहरुले ती महिलालाई विश्वास दिलाएका थिए भने पैसा लिन उनीहरु न’क्कली कुरियरकर्मी बनेका थिए।

ती ठ’गहरुले वृद्धाको टेलोपियास्थित घरमै गएर पैसा लिएका थिए। पछि शं’का लागेर ती वृद्धाले प्रहरीलाई उजुरी गरेकी थिइन्। फेरि सोही समूहले पाँच हजार डलर मागेको र सोमबार बेलुका पैसा लिन जाने क्रममा प्रहरीले उनीहरुलाई टेलोपिया नजिकबाट प्रकाउ गरेको थियो। प्रक्राउ पर्ने नेपाली युवा १९ वर्षको र युवती २१ वर्षकी रहेको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक वयानअनुसार उनीहरु अन्तरदेशीय ठ’गहरुको गि’रोहमा संलग्न देखिएको र यसैगरी बैंक खाता खोल्न लगाइ ठ’ग्ने काममा लागेको पाइएको छ। काम नपाइरहेको अवस्थामा अनलाइनमा सहजै पैसा कमाउन सक्ने प्रलोभनमा परेर कयैन विद्यार्थीले आफ्नो सम्पुर्ण कागजात जथाभावी अपलोड गर्ने र कुरै नबुझी काम गर्दा पनि यसरी फस्न सक्ने आइटीका एक विज्ञ बताउँछन्।
भिडियो हेर्नुहोस्
आफैलाई आगो लगाउनु अगाडी प्रेम आचार्यले लेखेको जिवनकहानी; जुन पढ्दा जो-कोहीको आङ सिरिंग हुन्छ


