हिजो बिहिवार मात्र १५ अन्तर्राष्ट्रिय उडान, ११०० बढी नेपाली स्वदेश फर्किए

हिजो बिहिवार मात्र १५ अन्तर्राष्ट्रिय उडान, ११०० बढी नेपाली स्वदेश फर्किए

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार एकैदिन १५ अन्तर्राष्ट्रिय उडान भएका छन्। यसअघि बुधबार र मंगलबार पनि अन्तर्राष्ट्रियतर्फ समान १४ उडान भएको थियो। यी सबै उडान यात्रु चार्टर्ड तथा कार्गो हुन् । विभिन्न मुलुकबाट उद्धार उडानमार्फत बिहीबार एक हजार ३०० भन्दा बढी नेपाली स्वदेश फर्किएका छन्।

विभिन्न एयरलाइन्सले विदेशमा अलपत्र परेका नेपालीलाई धमाधम चार्टर्ड उडान गरी काठमाडौँ ल्याइरहेका हुन्। बिहीबार नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिताबाट २४२ यात्रु र दुई बच्चा र कुवेतबाट १४९ यात्रु काठमाडौँ ल्याएको छ। सोही एयरलाइन्सका दुई जहाज नेपाली ल्याउन बहराइन उडेको विमानस्थलले जनाएको छ।

त्यस्तै हिमालय एयरलाइन्सले अबुदाबीबाट १५४ र दोहाबाट १५६ यात्रु काठमाडौँ ल्याएको विमानस्थलले विज्ञप्तिमार्फत जनाएको छ। जजीरा एयरलायन्सले कुवेतबाट १४६ यात्रु र एक बच्चा ल्याएको छ। उक्त एयरलाइन्सको जहाज नेपाली ल्याउन पुनः कुवेत उडेको छ। कतार एयरवेजले दोहाबाट १४७ यात्रु काठमाडौँ ल्याएको छ।

फ्लाइ दुबईले दुबईबाट १८९ यात्रु र एक बच्चा ल्याएको छ। सोही एयरलाइन्सको अर्को उडानले जम्मा एक यात्रु काठमाडौँ ल्याएको जनाइएको छ।शुक्रबार पनि अन्तराष्ट्रियतर्फ १० उडान हुने कार्यतालिका विमानस्थलले सार्वजनिक गरेको छ। दमाम, रियाद, याङ्गुन, बहराइन, क्वालालम्पुर र मेलबर्नमा चार्टर्ड उडान हुने विमानस्थलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यूएईमा एक भाग्यमानी नेपालीले जिते ८२ करोड रूपैयाँको चिठ्ठा

Previous articleएउटा हृदयवि’दारक घटना: कोरोना भन्दै कसैले छोएन, झाडापखाला लागेर युवाको त’ड्पी त’ड्पी मृ’त्यु ( भिडियो)
Next articleसाउदीमा ईलिगल बसेका र Exit Visa लगाउन आवेदन दिएका नेपालीहरुलाई अत्यन्त जरुरी सुचना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।