भिसाको अवधि सकिएको भए पनि साउदीबाट फर्कंदा जरिवाना नलाग्ने

काठमाण्डौ – कोरोनाको कारण भिसाको म्याद समाप्त भएका नेपालीहरु साउदीबाट जरिवानाबिनै स्वदेश फर्कन सक्ने भएका छन् । कोरोना महामारीका कारण अर्को निर्णय नभएसम्मका लागि बहिर्गमन भिसा, पुन: प्रवेश भिसा र सबै प्रकारका भिजिट भिसा र पर्यटक भिसा लिएकाहरु कुनै जरिवानाबिना साउदीका जुनसुकै प्रस्थान बिन्दुबाट पनि स्वदेश फर्कन सक्ने साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ ।

यसरी फर्कंदा भिसाको अवधि सकिएको भए पनि कुनै जरिवाना र शुल्क लाग्ने छैन । साउदीमा समस्यामा परेर प्राथमिकतामा परेका नेपालीलाई अहिले दूतावासले चार्टर्ड उडानमार्फत स्वदेश पठाइरहेको छ । भोलि शनिबार पनि साउदीमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि दुई उडान हुँदैछन् ।

यस्तो छ दुतावासको सूचना 

बहिर्गमन भीसा (Final Exit Visa) पुनः प्रवेश भीसा (Re-entry Visa) सबै प्रकारका भिजिट भीसा र पर्यटक भीसा लिएका व्यक्तिहरुका लागि नेपाली राजदूतावासको सूचना ।

साउदी सरकारले हालै जारी गरेको सूचना अनुसार कोरोना भाइरस संक्रमणको प्रकोपका कारणले अर्को निर्णय नभएसम्मका लागि बहिर्गमन भीसा (Final Exit Visa), पुनः प्रवेश भीसा (Re-entry Visa, सबै प्रकारका भिजिट भीसा र पर्यटक भीसा लिएका यहांका कुनै पनि प्रस्थान विन्दुबाट स्वदेश फर्कन चाहने व्यक्तिहरुको भीसाको म्याद समाप्त भएको भएता पनि कुनै शुल्क वा जरिवाना नतिरी जान सक्ने व्यवस्था गरेको व्यहोरा जानकारी गराइन्छ ।

नेपाली राजदूतावास रियाद । २०७७।३।१२

किन दिईन् युट्युबका भाइर’लम्यान डिल्लीराम खनालविरुद्ध करिश्मा मानन्धरले उजुरी

Previous articleओढारमा भैंसी पालेर दुई छोरालाई मास्टर डिग्री पढाउने यि महान आमालाई सलाम
Next articleभारतका विशाल गुप्तालाई मित बहादुर दमाई बनाएर नेपाली नागरिकता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।