विदेश बाट परदेशीको रो’दन: ‘तीन महिना भयो, एक छाक खाएर जीवन धानिरहेका छौं’
काठमाण्डौ – दुई, चार वर्ष परिवारसँग टाढा भए पनि धन कमाउने र बाँकी जीवन परिवारसँगै रमाउने । परदेश जाने धेरैको साझा सपना हो यो । तर कमाउन गएको मानिस आफैं भोकभोकै बस्नुपर्ला भनेर कसले सोचेको हुन्छ र ? साहुसँग ऋ’ण काढेर भविष्यको जोहो गर्न सपनाको सहर जानेहरुले पक्कै पनि यस्तो सोचेका हुँदैनन् । तर कहिलेकाहीँ नसोचेकै भइदिन्छ । कुवेत पुगेका मकवानपुरका अदिप कुमार मोक्तान लगायत अरु नौ जनाको अवस्था अहिले यस्तै छ ।
कुवेतको फरवानियाँ भन्ने ठाउँ । तीन महिना अघिसम्म बेकरी पसलमा उनीहरुको दैनिकी बित्थ्यो । तर अप्रिल १२ मा लकडाउन भएदेखि सबैजना एउटा बन्द कोठाभित्र लकडाउन खुल्ने प्रतीक्षामा बसिरहेका छन् । यी तीन महिनामा भोको पेटसँग सम्झौता गर्नुपरेको छ, दिनमा एक छाक मात्र खाएर । ‘यो तीन महिनाको जस्तो समस्या त कहिल्यै भोगेको थिइनँ’ अदिप भन्नुहुन्छ, ‘तीन महिनादेखि एक छाक मात्र खाएर जीवन धानिरहेका छौं ।’

नेपालमा हुँदा रोजगारी नभए पनि यसरी पेटसँग सम्झौता गरेर बस्नु परेको थिएन । तर कुवेत पुगेपछि अहिले तीन महिनाको अवधिमा जीवनको नमिठो स्वाद भोगिरहेका छन् अदिपलगायत सबैजनाले ।
साहुले हेरेनन्, दूतावासले पनि सुनेन
साहुले केही सहयोग गरेको भए एक छाक खानुपर्ने अवस्था आउँदैनथियो भन्ने लाग्छ अदिपलाई । सबैजना एउटै कम्पनी, बेकरी फ्याक्ट्रीमा काम गर्थे । कुवेत सरकाले देशव्यापी लकडाउन घोषणा गरेपछि बेकरी बन्द भयो । बेकरी बन्द भएपछि साहुले पनि हेर्न छाडे । साथमा भएको पैसा सकियो । खान समस्या भयो भनेर फोन गर्दा साहुले फोन उठाउन छोड्यो । त्यसपछि सुरु भयो भय र भोकको दैनिकी ।
‘लकडाउन हुनुभन्दा पहिले पनि साहुले दुई महिनाको एक पटक तलब दिन्थे’ अदीप भन्नुहुन्छ, ‘लकडाउन भएपछि त तलब दिएकै छैन, काम गरेको दुई तीन महिनाको तलब रोकेर राखेको छ हामीहरुको ।’ सुरुमा त लकडाउन मात्र थियो । पछि त्यस क्षेत्रमा कोरोना सङ्क्रमित धेरै देखिएपछि कुवेत सरकाले त्यो ठाउँलाई नै सिल गरिदियो । क’फ्र्यु पनि लागू गर्यो । त्यसपछि समस्यामाथि झन् स’मस्या थपिए । अब त कसैलाई सहयोग मागौं भने पनि न कोही त्यो ठाउँसम्म आउन सक्थे, न त त्यो ठाउँबाट बाहिर नै जान मिल्थ्यो ।

दूतावासबाट भन्न लगाएर जसोतसो एकपटक साहुले एक सय कुवेती दिनार त दिए । तर त्यति रकमले नौ जनालाई खान बस्न कति दिन चल्थ्यो र ? साहुले दिएको एकसय केही दिनमै सकियो । बीचमा लकडाउनले गर्दा खाद्यान्नको भाउ आकासियो । त्यतिबेला सबैसँग साथमा भएको पैसा पनि सकियो ।
त्यसपछि साहुले फोन उठाउनै छाडे । सबैजना निकै आ’त्तिए । आ’त्तिनु स्वभाविक पनि हो । अर्काको ठाउँमा, त्यो पनि क’र्फ्यु लागेको बेला । साथमा पैसा छैन, खाद्यान्न सकियो । भोकभोकै मरिने हो कि भन्ने चि’न्ताले पि’रोल्न थाल्यो । सहयोगको लागि उनीहरुले नेपाली दूतावासमा फोन गरे । तर दूतावासले एकले अर्काेलाई, अर्कोले अर्कोलाई फोन गर्न मात्र लगाइरहे । आफ्नो गुनासो सम्बोधन भएन भन्नुहुन्छ अदिप ।
फेसबुकमार्फत पाइयो राहत
त्यसपछि के गर्ने ? कसैसँग पनि कुनै उपाय थिएन । भोको पेटले न उपाय सुल्झाउँछ न त हौसला नै दिन्छ । अब फेसबुकमा हारगुहार गर्नुको विकल्प नै थिएन । त्यसपछि सबैजनाले आफू स’मस्यामा परेको भनेर फेसबुकमा राखेपछि ‘कुवेत रेस्पोन्स’ले सम’स्या सुन्यो ।

‘कुवेतमा सम’स्यामा परेका नेपालीहरुलाई सहयोग गर्ने एक समूह रहेछ, उहाँहरुले नै हाम्रो स’मस्या बुझ्नुभयो र यहाँसम्म पुगेर राहत दिएर जानुभयो’, त्यो दिन सम्झेर अझै पनि अनुहारमा मुस्कान छाउँछ अदिपको । यसरी सहयोग नपाएको भए अहिलेसम्म अवस्था कस्तो हुन्छ, उहाँहरु सोच्न पनि सक्नुहुन्न ।
राहतमा २५ किलो चामल, आधा किलो दाल, पास्ता र केही यस्तै फास्टफुड पाउनुभएको थियो । दिनमा एक छाक खाएर जसोतसो आजसम्म चल्यो, अब त्यो पनि सकिन थालिसक्यो । फेरि अब के गर्ने भन्ने चिन्ताले छोपेको छ ।
कोठाबाट निकालिने डर
खान बस्न निःशुल्क भन्ने शर्तमा सबैजना कुवेत पुगेका हुन् । त्यही अनुसार थियो पनि । सबैजना साहुले भाडामा लिएर राखेको फ्ल्याटमा बस्थे । तर लकडाउन भएपछि साहुले फ्लाइटको भाडा नतिरिदिदा फ्ल्याट साहुले बिजुलीको तार, वाइफाइ का’टिदिने गरेको अदिप बताउनुहुन्छ ।

कुवेतको ५० डिग्रीको गर्मीमा बिजुली बिना बस्नुपर्दाको पीडा पनि उहाँहरुले भोग्नुभयो । तर पछिल्लो समय त्यहाँको सरकारले लकडाउनको अवधिभर बिजुली नकाटिदिनु भनेपछि केही राहत भएको भए पनि साहुले भाडा नतिरिदिने हो भने आफूहरुको बि’चल्ली हुने उनीहरु बताउँछन् ।
दूतावासको सूचीमा नाम त आयो, तर जाने कसरी ?
उनीहरुको समस्या थाहा पाएपछि दूतावासले फर्किनेको सूचीमा नाम राखिदिएको छ । अब दूतावासले निर्णय गरेर फर्किने दिन पनि तोक्छ । तर आफूहरुसँग एक छाक टार्नसमेत स’मस्या भइरहेको बेला त्यति महंगो भाडा तिरेर घर फर्किन नसक्ने बताउनुहुन्छ, अदिप । अदिपले काम गरेको डेढ महिनाको तलब एकसय ६० कुवेती दिनार लिन बाँकी छ । यस्तै कसैले एक त कसैले दुई महिनाको तलब लिन बाँकी छ ।
त्यो पैसा साहुले दियो भने त जान हुन्थ्यो भन्ने लागेको छ सबैलाई । तर साहूले फोन नै उठाउँदैन, यही कुराले सबै नि’राश छन् । ‘एकसय ३० केडी भाडा तोकेको छ जहाजको, हामीसँग एक कौडी पनि छैन’, अदिप भन्नुहुन्छ, ‘साहूले काम गरेको महिनाको तलब दियो भने त्यसैमा जान हुन्थ्यो, तर साहु पनि फोनै उठाउँदैन ।’

आममाफीमा सहभागी भएकाहरुलाई त त्यहाँको सरकारले आफ्नै खर्चमा नेपालसम्म ल्याइदिएको छ । तर आफूजस्तै स’मस्या भएकाहरुलाई सरकारले के गरिरहेको छ अदिपलाई थाहा छैन । पैसा तिरेर टिकट काट्न नसक्नेहरुलाई सरकारले निःशुल्क ल्याइदिने भनिए पनि कहिले हुन्छ र त्यसमा आफू पनि परिने हो कि होइन कुनै भर नभएको जस्तो लाग्छ अदिपलाई ।
सरकारले विदेशमा गएर एक वर्षभन्दा कम समय भएकाहरुलाई मात्र फर्काउने भन्ने सुनिनमा आएको भए पनि त्यसभित्र आफू परिंदैन भन्ने अदिपलाई थाहा छ । किनकी उहाँ कुवेतमा जानुभएको दुई वर्ष पुग्न लाग्यो । अन्तिम भरोसा भनेको साहु नै भए पनि उसले आफूले बेकरी बेचिसकें तिमीहरु जे गर्छौ गर भनेर फोन उठानउन छाडेपछि अदिप लगायत सबै जना आत्ति’एका छन् । ‘न त सरकारले नै केही गर्छ न त साहु नै जिम्मेवार छ’, अदिप प्रश्न गर्नुहुन्छ, ‘के अब हामी भो’कभोकै छटपटाएर मर्ने त ?’


