दम्माम बाट ३ जुलाईमा हिमालय एअरलाइन्सको छैटौ चार्टर्ड उडान बाट नेपाल फर्कनेलाई अत्यन्त जरुरी सुचना, नाम लिस्ट पनि आयो

दम्माम बाट ३ जुलाईमा हिमालय एअरलाइन्सको छैटौ चार्टर्ड उडान बाट नेपाल फर्कनेलाई अत्यन्त जरुरी सुचना, नाम लिस्ट पनि आयो

उज्यालो नेपाल, असार १७ – साउदी अरबको रियादमा रहेको नेपाली राजदुतावासले हिमालय एअरलाइन्सको छैटौ चार्टर्ड उडान मार्फत नेपाल फर्कने नेपालीहरुको लागी अत्यन्त जरुरी सुचना जारी गरेको छ ! जुलाई ३ मा हुने उक्त उडानबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा राजदूतावासले तयार गरी हिमालय एयरलाईन्सको दम्मामस्थित आधिकारिक सम्पर्क व्यक्ति समक्ष पठाइएको सुची पनि सार्वजनिक गरेको छ ! राजदुताबासको सुचना र उक्त नामावली हेरेर सबैको जानकारीको लागी अवश्य शे-यर गर्नुहोला !

मिति ३ जुलाई २०२० को राति हिमालय एयरलाईन्सले गर्ने छैटौँ चार्टर्ड उडानबाट स्वदेश फर्कने नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना

हिमालय एयरलाइन्सले साउदी अरबको दमामबाट यही मिति ३ जुलाई २०२० को राति दमाम-काठमाडौँ उडान गर्ने भएको छ । उक्त उडानबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्रथमिकताका आधारमा राजदूतावासद्वारा तयार गरी हिमालय एयरलाईन्सको दम्मामस्थित कार्यलयमा पठाइएको छ ।उक्त सूचि यसै सूचनामा समेत संलग्न छ । सम्पुर्ण यात्रुहरुले कोभिड-१९ नेगेटिभको प्रमाणपत्र साथैमा राख्नुपर्ने छ ।

राजदूतावासबाट यस अघि विभिन्न मितिमा प्रकाशित गरेका सूचिमा नाम परेका तर हालसम्म स्वदेश फर्की नसकेकाहरु स्वदेश नफर्किँदासम्म प्राथमिकता सूचिमै रहने सम्बन्धित यात्रु तथा एयरलाईन्सलाई जानकारी गराइन्छ !

  • हवाई भाडा दर: अमेरिकी डलर 465 (साउदी रियाल करिब १७५०)
  • हवाई टिकटको लागि हिमालय एयरलाईन्सको दम्मामस्थित प्रतिनिधि श्री सुवास तिमिल्सिना, टेलिफोन नं +00966 598400198 ईमेल ठेगाना: subash.timilsina @ himalaya-airlines.com मा सम्पर्क गरी टिकट बुकिङ गरेपछि मात्र कोभिड-१९ टेष्ट गर्नुहोला ।
  • COVID-19 को परीक्षण सकभर आफ्नो कम्पनीमार्फत् गर्ने व्यवस्था गर्नुहुन अनुरोध छ । सो सम्भव नहुनेहरुले आफूलाई थाहा भएको वा पायक पर्ने स्थानमा परीक्षण गर्नुहुन र सो समेत सम्भव नभएमा परीक्षणका लागि निम्न स्थानमा सम्पर्क गर्नु हुन अनुरोध छ ।

Dammam

Health Care Polyclinic (CR No. 2050110244)
Rihan Hajiameen, Operation Manager
Address: 17th Street Al-Souq, Opp to Islamic Dawah Center, Dammam 32242 KSA
परीक्षण शुल्क: SAR 160.00

Jubail

Gulf Asian Medical Center
(Department of Laboratory Medicine)
Email: info@gulfasianhealthcare.com
Website: www.gulfasianhealthcare.com
Address: King Abdulaziz Road, P.O.box1714,
Jubail City 31951, KSA
परीक्षण शुल्क: SAR 132.00

  • यात्रुले निर्धारित उडान समय तालिकाभन्दा ४ घन्टा अगावै विमानस्थलमा उपस्थित हुनुपर्ने छ ।
  • स्वदेश फर्किने सबैजनाले काठमाडौँ विमानस्थलमा कोरोना संक्रमण नियन्त्रण सम्बन्धी नेपाल सरकारले निर्धारण गरेको क्वारेनटाईन लगायत सम्पूर्ण प्रावधानहरु पालना गर्नेछु भनी कागजातमा हस्ताक्षर गर्नुपर्ने छ ।

नेपाली राजदूतावास, रियाद । १६ असार २०७७

प्राथमिकताको आधारमा तयार गरिएको नामावली

शहीदस्मृतिमा स्ववियु निर्वाचन: अध्यक्षमा सापकोटा र सुवेदी भिड्दै

Previous articleआफैले दुध खुवाएर हुर्काएकी दिदीकी छोरीलाई आफ्नै श्रीमानले भगाएपछि…..(भिडियोसहित)
Next articleविदेश बाट परदेशीको रो’दन: ‘तीन महिना भयो, एक छाक खाएर जीवन धानिरहेका छौं’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।