नेपाली दुताबासको सूचना: जुलाई ९ मा रियाद बाट अर्को उडान हुँदै, नाम लिस्ट पनि आयो

0
64

नेपाली दुताबासको सूचना: जुलाई ९ मा रियाद बाट अर्को उडान हुँदै, नाम लिस्ट पनि आयो

उज्यालो नेपाल, असार २१- साउदी अरबको रियादमा रहेको नेपाली राजदुतावासले नेपाल एअरलाइन्सको छैटौ चार्टर्ड उडान मार्फत नेपाल फर्कने नेपालीहरुको लागी अत्यन्त जरुरी सुचना जारी गरेको छ ! जुलाई ९ मा हुने उक्त उडानबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा राजदूतावासले तयार गरी नेपाल एयरलाईन्सको रियादस्थित आधिकारिक सम्पर्क व्यक्ति समक्ष पठाइएको सुची पनि सार्वजनिक गरेको छ !

राजदुताबासको सुचना र उक्त नामावली हेरेर सबैको जानकारीको लागी अवश्य शे-यर गर्नुहोला ! यस्तो छ दुताबासको सुचना 

मिति ९ जुलाई २०२० मा नेपाल एयरलाईन्सले रियादबाट गर्ने छैटौं चार्टर्ड उडानबाट स्वदेश फर्कने नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना

नेपाल एयरलाइन्सले साउदी अरबको रियादबाट यही मिति ९ जुलाई २०२० मा छैटौं उडान गर्ने जानकारी प्राप्त भएको छ । उक्त उडानबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा राजदूतावासले तयार गरी नेपाल एयरलाईन्सको रियादस्थित आधिकारिक सम्पर्क व्यक्ति समक्ष पठाइएको छ ।उक्त सूचि यसै सूचनामा समेत संलग्न छ । सम्पूर्ण यात्रुहरुले कोभिड-१९ नेगेटिभको प्रमाणपत्र साथैमा राख्नुपर्ने छ ।

  • हवाई भाडा दर: अमेरिकी डलर 465 (साउदी रियाल करिब १७५०)
  • राजदूतावासबाट यस अघि विभिन्न मितिमा प्रकाशित गरेका सूचिमा नाम परेका तर हालसम्म स्वदेश फर्की नसकेकाहरु स्वदेश नफर्किँदासम्म प्राथमिकता सूचिमै रहने सम्बन्धित यात्रु तथा एयरलाईन्सलाई जानकारी गराइन्छ ।
  • हवाई टिकटको लागि नेपाल एयरलाईन्सले तोकेको Gilt Travels and Tours Pvt.Ltd. का
    श्री रमेश श्रेष्ठ, टेलिफोन नं +00966 583951234, प्रेम गौतम +0966 597920465, +00966 580596140 , +00966 553101644 (Whats App) ईमेल ठेगाना : sureshrajtripathee77 @ gmail.com मा सम्पर्क गर्न अनुरोध छ । (टिकट बुकिङ गरेपछि मात्र कोभिड-१९ टेष्ट गर्नुहोला )
  • COVID-19 को परीक्षण सकभर आफ्नो कम्पनीमार्फत् गर्ने व्यवस्था गर्नुहुन अनुरोध छ । सो सम्भव नहुनेहरुले आफूलाई थाहा भएको वा पायक पर्ने स्थानमा परीक्षण गर्नुहुन अनुरोध छ ।सो परीक्षणका लागि निम्न बमोजिम सम्पर्क गर्न सक्नुहुनेछ ।

रियाद

  • श्री डा. अनिरूद्र पाठक, Dhaka Medical Center, Batha, Mob. No. 0571219799
  • श्री कृष्ण भूषाल; Mob No. 0598256718, Al Abeer International Medical Center, Batha, Shifa Buraidaha Medical Center, Buraidah Al Qassim

अल कसिम

Shifa Al Rass Medical Center, Al Qassim सम्पर्क व्यक्तिहरु:

  • श्री विशाल श्रेष्ठ, सम्पर्क नं 0535470253
  • श्री विष्णु पाण्डे, सम्पर्क नं 0581250792 परीक्षण शुल्क: SAR.100 (अलकसिमको लागि मात्र)

कोभिड-१९ परिक्षण नेगेटिभ भएको कागजात अनिवार्य रुपमा टिकटसँगै राख्नुहोला, यात्रुले निर्धारित उडान समय तालिकाभन्दा ४ घन्टा अगावै विमानस्थलमा उपस्थित हुनुपर्ने छ । स्वदेश फर्किने सबैजनाले काठमाडौँ विमानस्थलमा कोरोना संक्रमण नियन्त्रण सम्बन्धी नेपाल सरकारले निर्धारण गरेको क्वारेनटाईन लगायत सम्पूर्ण प्रावधानहरु पालना गर्नेछु भनी कागजातमा हस्ताक्षर गर्नुपर्ने छ ।

नेपाली राजदूतावास, रियाद। २१ असार २०७७

प्राथमिकताको आधारमा तयार गरिएको नामावली 

नक्कली भूटानी शरणाथी प्रकरण : नेपाल हज समितिका अध्यक्ष मियाँ पक्राउ

Previous articleछोरीको नाममा आफूमाथि भुवनको यौ-न दु’र्व्यव’हार गरेको साम्राज्ञीको आ’रोप
Next articleतिन करोड नेपालीका प्रिय मान्छे कुलमानलाई पि’तृ’शो’क, बाथरुम जाने क्रममा बे’होस भएर बुवाको मृ’त्यु