नेपाली दुताबासको सूचना: जुलाई ९ मा रियाद बाट अर्को उडान हुँदै, नाम लिस्ट पनि आयो

नेपाली दुताबासको सूचना: जुलाई ९ मा रियाद बाट अर्को उडान हुँदै, नाम लिस्ट पनि आयो

उज्यालो नेपाल, असार २१- साउदी अरबको रियादमा रहेको नेपाली राजदुतावासले नेपाल एअरलाइन्सको छैटौ चार्टर्ड उडान मार्फत नेपाल फर्कने नेपालीहरुको लागी अत्यन्त जरुरी सुचना जारी गरेको छ ! जुलाई ९ मा हुने उक्त उडानबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा राजदूतावासले तयार गरी नेपाल एयरलाईन्सको रियादस्थित आधिकारिक सम्पर्क व्यक्ति समक्ष पठाइएको सुची पनि सार्वजनिक गरेको छ !

राजदुताबासको सुचना र उक्त नामावली हेरेर सबैको जानकारीको लागी अवश्य शे-यर गर्नुहोला ! यस्तो छ दुताबासको सुचना 

मिति ९ जुलाई २०२० मा नेपाल एयरलाईन्सले रियादबाट गर्ने छैटौं चार्टर्ड उडानबाट स्वदेश फर्कने नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना

नेपाल एयरलाइन्सले साउदी अरबको रियादबाट यही मिति ९ जुलाई २०२० मा छैटौं उडान गर्ने जानकारी प्राप्त भएको छ । उक्त उडानबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा राजदूतावासले तयार गरी नेपाल एयरलाईन्सको रियादस्थित आधिकारिक सम्पर्क व्यक्ति समक्ष पठाइएको छ ।उक्त सूचि यसै सूचनामा समेत संलग्न छ । सम्पूर्ण यात्रुहरुले कोभिड-१९ नेगेटिभको प्रमाणपत्र साथैमा राख्नुपर्ने छ ।

  • हवाई भाडा दर: अमेरिकी डलर 465 (साउदी रियाल करिब १७५०)
  • राजदूतावासबाट यस अघि विभिन्न मितिमा प्रकाशित गरेका सूचिमा नाम परेका तर हालसम्म स्वदेश फर्की नसकेकाहरु स्वदेश नफर्किँदासम्म प्राथमिकता सूचिमै रहने सम्बन्धित यात्रु तथा एयरलाईन्सलाई जानकारी गराइन्छ ।
  • हवाई टिकटको लागि नेपाल एयरलाईन्सले तोकेको Gilt Travels and Tours Pvt.Ltd. का
    श्री रमेश श्रेष्ठ, टेलिफोन नं +00966 583951234, प्रेम गौतम +0966 597920465, +00966 580596140 , +00966 553101644 (Whats App) ईमेल ठेगाना : sureshrajtripathee77 @ gmail.com मा सम्पर्क गर्न अनुरोध छ । (टिकट बुकिङ गरेपछि मात्र कोभिड-१९ टेष्ट गर्नुहोला )
  • COVID-19 को परीक्षण सकभर आफ्नो कम्पनीमार्फत् गर्ने व्यवस्था गर्नुहुन अनुरोध छ । सो सम्भव नहुनेहरुले आफूलाई थाहा भएको वा पायक पर्ने स्थानमा परीक्षण गर्नुहुन अनुरोध छ ।सो परीक्षणका लागि निम्न बमोजिम सम्पर्क गर्न सक्नुहुनेछ ।

रियाद

  • श्री डा. अनिरूद्र पाठक, Dhaka Medical Center, Batha, Mob. No. 0571219799
  • श्री कृष्ण भूषाल; Mob No. 0598256718, Al Abeer International Medical Center, Batha, Shifa Buraidaha Medical Center, Buraidah Al Qassim

अल कसिम

Shifa Al Rass Medical Center, Al Qassim सम्पर्क व्यक्तिहरु:

  • श्री विशाल श्रेष्ठ, सम्पर्क नं 0535470253
  • श्री विष्णु पाण्डे, सम्पर्क नं 0581250792 परीक्षण शुल्क: SAR.100 (अलकसिमको लागि मात्र)

कोभिड-१९ परिक्षण नेगेटिभ भएको कागजात अनिवार्य रुपमा टिकटसँगै राख्नुहोला, यात्रुले निर्धारित उडान समय तालिकाभन्दा ४ घन्टा अगावै विमानस्थलमा उपस्थित हुनुपर्ने छ । स्वदेश फर्किने सबैजनाले काठमाडौँ विमानस्थलमा कोरोना संक्रमण नियन्त्रण सम्बन्धी नेपाल सरकारले निर्धारण गरेको क्वारेनटाईन लगायत सम्पूर्ण प्रावधानहरु पालना गर्नेछु भनी कागजातमा हस्ताक्षर गर्नुपर्ने छ ।

नेपाली राजदूतावास, रियाद। २१ असार २०७७

प्राथमिकताको आधारमा तयार गरिएको नामावली 

नक्कली भूटानी शरणाथी प्रकरण : नेपाल हज समितिका अध्यक्ष मियाँ पक्राउ

Previous articleचितवनमा फेरी घ’ट्यो यस्तो घट’ना: फेसबुक लाईभ गरेर युवतीले गरिन् आ’त्म’हत्या
Next articleतिन करोड नेपालीका प्रिय मान्छे कुलमानलाई पि’तृ’शो’क, बाथरुम जाने क्रममा बे’होस भएर बुवाको मृ’त्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।