टिकौलीमा बस र कार ठोकिँदा एकको मृत्यु नौ जना घाइते

Click Image

चितवन, कार्तिक ४– चितवन रत्ननगर नगरपालिका–९ टिकौली जंगलमा बस र कार ठोक्किदा एक जनाको मृत्यु छ । दुर्घटनामा ९ जना घाइते भएका छन् ।

नारायणगढबाट टांडीतर्फ आउंदै गरेको ना३ख ९९८६ नम्बरको मिनि बस र बिपरित दिशाबाट जांदै गरेको बीएबी ५००८ नम्बरको कार एक आपसमा ठक्कर खांदा बसमा सवार चालक सहित ९ जना घाइते भएका हुन् ।

घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुर्घटनामा मृत्यु हुनेमा रत्ननगर–१० बस्ने बर्ष ३३ की पुजा सुबेदीको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइतेहरुको नामावली यसप्रकारको छः

१.बस चालक जिल्ला चितवन राप्ती नगरपालिका–२ बस्ने वर्ष ३६ को सुरज कडेल, मध्यम ।
२.बसमा सवार जिल्ला गोरखा गण्डकी गा.पा. ५ बस्ने वर्ष ३२ को भोजराज कार्की, सामान्य ्र
३.जिल्ला चितवन रत्ननगर–७ झुवानी बस्ने वर्ष २७ को प्रभु नारायण महतो, सामान्य्र
४.ऐ.बस्ने निजको छोरा वर्ष ८ का रियान महतो, सामान्य ।
५.बसमा सवार जिल्ला गोर्खा गण्डकी गा.पा. ३ बस्ने बर्ष ३२ को भोजराज काप्री, सामान्य ।
६.बसमा सवार जि।चितवन भरतपुर–१२ बस्ने वर्ष ३७ की शोभा आचार्य, सामान्य ।
७.ऐ.ऐ. बस्ने निजको छोरी बर्ष ३ की सदिक्षा आचार्य सामान्य ।
८.बस चालक जिल्ला चितवन राप्ती न.पा. २ बस्ने बर्ष ३६ को सुरज कडेल, सामान्य ।
९.बसमा सवार जिल्ला गोर्खा बारपाक सुलिकोट गा.पा.३ बस्ने बर्ष ५५ की माईता गुरुङ, सामान्य

Previous articleचितवनमा जुवातास खेल्दै गरेका ११ जना पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।