खैरहनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

Click Image

चितवन । खैरहनी नगरपालिका–२ जनजीवन टोलमा गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ।

मिति २०८२ असोज ५ गते राति करिब १२ः२० बजे बागमती प्रदेश ०३–००५ प ४३०२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेका करिब २२/२३ वर्ष उमेरका हाल नामथर वतन नखुलेका पुरुषलाई गम्भीर चोट लागेपछि स्थानीयहरूले उद्धार गरी एम्बुलेन्समार्फत उपचारका लागि भरतपुरस्थित सरकारी अस्पताल पठाएका थिए। तर, टाउकोमा गम्भीर चोट लागेका ती युवकलाई उपचारका क्रममा चिकित्सकले राति १ः१३ बजे मृत घोषणा गरेका हुन्।

दुर्घटनाग्रस्त मोटरसाइकल इलाका प्रहरी कार्यालय खैरहनीको नियन्त्रणमा रहेको र मृतकको पहिचान खुलाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Previous articleटिकौलीमा बस र कार ठोकिँदा एकको मृत्यु नौ जना घाइते
Next articleज्योति मगरको टिप्पणी- यसपालि क्रान्ति होइन, अराजकता र भाँडभैलो भयो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।