रियाद बाट उडान हुनेहरुको नयाँ नाम लिस्ट आयो, हेर्नुहोस् दुतावासको सुचना

0
69

रियाद बाट उडान हुनेहरुको नयाँ नाम लिस्ट आयो, हेर्नुहोस् दुतावासको सुचना

उज्यालो नेपाल, साउन ०१ – साउदी अरबको रियादमा रहेको नेपाली राजदुतावासले २० जुलाई र सो पश्चातका दिनहरुमा  साउदीको रियाद बाट नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सको उडान मार्फत नेपाल फर्कने नेपालीहरुको लागी अत्यन्त जरुरी सुचना जारी गरेको छ ! २० जुलाई र त्यसपछि हुने उक्त उडानबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा राजदूतावासले तयार गरी नेपाल एयरलाईन्सको रियादस्थित आधिकारिक सम्पर्क व्यक्ति समक्ष पठाइएको सुची पनि सार्वजनिक गरेको छ !

राजदुताबासको सुचना र उक्त नामावली हेरेर सबैको जानकारीको लागी अवश्य शे-यर गर्नुहोला ! यस्तो छ दुताबासको सुचना

आगामी दिनहरुमा रियादबाट हुने चार्टर्ड उडान सम्बन्धी अत्यन्त जरुरी सूचना

नेपाल एयरलाइन्स र हिमालय एयरलाईन्सले २० जुलाई र सो पश्चातका दिनमा साउदी अरबको रियादबाट उडान गर्ने हुदाँ उक्त उडानहरुबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा राजदूतावासले तयार गरी नेपाल एयरलाईन्स र हिमालय एयरलाईन्सको आधिकारिक सम्पर्क व्यक्ति समक्ष पठाइएको छ ।

राजदूतावासबाट यस अघि विभिन्न मितिमा प्रकाशित गरेका सूचिमा नाम परेका तर हालसम्म स्वदेश फर्की नसकेकाहरु स्वदेश नफर्किँदासम्म प्राथमिकता सूचिमै रहने सम्बन्धित यात्रु तथा एयरलाईन्सलाई जानकारी गराइन्छ। हवाई टिकटको लागि नेपाल एयरलाईन्सले तोकेको Gilt Travels and Tours Pvt. Ltd. का श्री रमेश श्रेष्ठ, टेलिफोन नं +00966 583951234, प्रेम गौतम +0966 597920465, +00966 580596140 , +00966 553101644 (Whats App) मा सम्पर्क गर्न अनुरोध छ।

हिमालय एयरलाईन्सको दम्मामस्थित प्रतिनिधि श्री सुवास तिमिल्सिना, टेलिफोन नं +00966 598400198 र श्री सुमित पौडेल +00966548500029, ईमेल ठेगाना: subash.timilsina@himalaya-airlines.com मा सम्पर्क गर्न अनुरोध छ । टिकेट बुकिंग सुनिश्चित पश्चात मात्र Covid -19 टेस्ट गर्नु हुन अनुरोध छ । उडान सम्बन्धी थप जानकारीको लागि सम्बन्धित एयरलाईन्ससंग सम्पर्क गर्न अनुरोध छ ।

नेपाली राजदूतावास, रियाद, १ श्रावण २०७७

प्राथमिकताको आधारमा तयार गरिएको नामावली

सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत

Previous articleअघिल्लो दिन छोरीसंग फोनमा ‘दशैंमा आउँछु’ भनेका गुरूङ कस्मिरमा अस्ताए
Next articleसाउदीमा Exit Visa लगाउन आवेदन दिएका नेपालीहरुलाई अत्यन्त जरुरी सुचना