रविलक्षित महेशको टिप्पणी: सहकारी ठगले जेलको नाइके हुने हो, प्रधानमन्त्री होइन

Click Image

नेकपा एमालेका नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने लक्षित तिखो टिप्पणी दिएका छन्। शनिवार पोखरामा आयोजित सभामा सम्बोधन गर्दै नेता महेशले यस्तो बताएका हुन्।

‘रवि लामिछाने १४ हजार कैदीहरूको नेतृत्व गरेर जेलबाट निस्कँदै तपाईँहरूले एउटा भिडिओ भाइरल भएको देख्नुभएको छ,’ बस्नेतले भने, ‘यहाँ चिठी ल्याउन ढिला भयो, छिटो तोडफोड गर भनेर उनले संकेत गरिरहेको भिडिओ अहिले भाइरल भइरहेको छ।’

रविले आफूसँगै १४ हजार कैदीहरूलाई बाहिर निकालेर आफू देशको प्रधानमन्त्री बन्न चाहेको बस्नेतले दाबी गरे। ‘यस्ता खालका प्रवृत्ति भएका सहकारी ठगहरू देशको प्रधानमन्त्री होइन, जेलको नाइके हुने हो। उनी अब नख्खु कारागारको नाइके हुने लाइनमा लागे हुन्छ,’ उनले भने।

काठमाडौंपछि सबैभन्दा बढी क्षति पोखरामा भएको र त्यो पनि रविकै कारणले भएको उनले बताए। ‘प्रदेशको संसद् हानियो, यहाँ रवि लामिछाने ल्याएको कारणले यहाँको अदालतमाथि आक्रमण भयो। यहाँका सबै संरचनाहरूलाई ध्वस्त बनाइयो,’ बस्नेतले भने।

Previous articleघुँगी खोज्न गएका वृद्ध रिउ खोलामा मृत फेला
Next articleनेपालकै पहिलो ‘कोरियन एजुकेसन फेयर’ आयोजना गर्दै नेक्सा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।