विदेशमा रहेका नेपाली बारे सरकारको नयाँ निर्णय: धेरै नेपाली रहेका देशमा उद्धार उडानलाई प्राथमिकता दिने

विदेशमा रहेका नेपाली बारे सरकारको नयाँ निर्णय: धेरै नेपाली रहेका देशमा उद्धार उडानलाई प्राथमिकता दिने

काठमाण्डौ – सरकारले धेरै सङ्ख्यामा नेपाली रहेका देशहरुमा उद्धार उडानलाई प्राथमिकता दिने भएको छ । कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिले धेरै संख्यामा नेपाली रहेका देशहरुमा उद्धार उडानलाई प्राथमिकता दिने निर्णय गरेको हो । आइतबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले धेरै श्रमिकलाई उद्धार गर्न बाँकी रहेका देशहरुबाट श्रमिकहरुलाई ल्याउन हवाई उडानलाई प्राथमिकता दिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिनुभयो ।

अहिले खाडीका देश र मलेसियामा हजारौं श्रमिक स्वदेश फर्कने दिन कुरिरहेका छन् । खाडीका देश, यूएई, कतार, साउदी, कुवेत, बहराइन, ओमान र मलेसियाबाट मात्रै स्वदेश फर्कन खोज्ने नेपालीको सङ्ख्या झण्डै एक लाख छ ।यी देशबाट दिनहुँजसो नेपाली स्वदेश आइरहेका छन् । तर स्वदेश फर्कन दूतावासको प्राथमिकताको सूचीमा परे पनि जहाजको टिकट नपाइएको धेरैको गुनासो छ ।

कतार कोरोनालाई जित्दै सुधार उन्मुख तर्फ

दोहा : कतारमा कोरोना संक्रमण न्यून हुँदै गएको छ । आइतबार ३४० नयाँ केस थपिएसँगै संक्रमितको संख्या १ लाख ६ हजार ६ सय ४८ पुगेको छ । आइतबार ३५४ जनाले उपचारपछि निको भएर घर फर्किएका छन् भने योसँगै निको हुनेको संख्या १ लाख ३ हजार ३ सय ७७ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाको कारण १५७ जनाले मृत्यु भएको छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । कतारमा के कति नेपाली कामदार कोरोनाबाट संक्रमित भन्ने कतारस्थित नेपाली दूतावाससंग पनि तथ्याङक छैन । कोरोनाबाट संक्रमित धेरै नेपालीहरु अहिले निको भएर काममा फर्किसकेका छन् । कोरोनाकै कारण कतारमा पाँच जना नेपालीको मृत्यु भएको बताईएको छ ।

कोरोना भाइरसबाट बच्न सबैलाई सावधानिको उपायहरु अपनाउन तथा अनिवार्य रुपमा माक्सको प्रयोग गर्नु पर्ने छ । सबैले अनिवार्य रुपमा एथेराज एप प्रयोग गर्नु पर्ने जनाएको छ । कतारले स्थिति सामान्य बन्दै गए चौथो चरण अर्थात् सेप्टेम्बर १ देखि सबै प्रतिबन्ध हटाउने तयारी गरेको छ ।

ह्याप्पी बर्थ डे सार्वजनिक

Previous articleसाउन २१ देखि आन्तरिक र भदौ १ बाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने सरकारको तयारी (भिडियो)
Next articleसाउन १५ बाट होटल, भदौ १ बाट हवाई उडान खुला गर्ने निर्णय
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।