रत्ननगरमा विधालय बाटै लाखौको धनमाल चोरी (भिडियो)

श्रमिका दुवाडी, साउन ५, चितवन- पुर्विचितवनको रत्ननगर १५ माधवपुर नमुनाटोलमा रहेको श्री आधारभूत विधालयमा चो’री भएको छ! हिजो साउन ४ गते राति अ’ज्ञात समुहले विधालयको ढोकाको  ताल्चा फु’टाई साढे तिन लाख बराबरको महत्वपूर्ण धनमाल चो’री गरेको विद्धालयका शिक्षक लक्ष्मण भट्टले जानकारी दिए ! विधालयमा कम्प्युटर, हार्डडिस्क, स्पिकर, माईक लगायतका सामान चो’री भएको छ !

 

रत्ननगर नगरपालिकाले अनुदानमा दिएको प्रयोग नै नगरीएको दुई थान कम्प्युटर, दुई थान ३२ ईन्चका एलसिडी टेलिभिजन, १ थान सिसिटिभी क्यामेराको हार्डडिस्क र माईक, स्पिकर चो’री भएको शिक्षक भट्टले जानकारी दिए !

 

त्यसै गरि एक थान प्रोजेक्टर भने विधालयको छेउमै रहेको धानबारीमा पानीमा डुबिरहेको अवस्थामा फेला परेको छ भने एक थान कम्प्युटर कपडामा पोकोपारेर राखिएको अवस्थामा विधालयको शौचालयमा फेला परेको छ !

विधालयमा जडान गरिएको सिसिटिभीको तार काटेर चो’री गरेको देखिएको छ! यद्धपी उक्त सिसिटिभी क्यामेरा भने विगत लामो समय देखि चालु अवस्थामा नरहेको बुझिएको छ ! केहि वर्ष अगाडी विधालयमा धनाधान्यांचल महायज्ञ लगाईएको र महायज्ञ आयोजक समितिले जडान गरेको सिसिटिभी क्यामेरा अहिले कामै नलाग्ने अवस्था पुगेको विधालयकी प्रधान्याधापक शोभा श्रेष्ठले जानकारी दिनुभयो !

 

धेरै पटक निकै खर्च गरेर मर्मत गरिए पनि चर्को मर्मत शुल्कका कारण बारम्बार मर्मत गर्न समस्या भएको प्रधानाध्यापकको गुनासो छ! कोरोनाका कारण जनजीवन नै प्रभावित भएपछी पूर्वी चितवनमा चो’रीका घ’टनामा निकै वृद्धि भएको छ!

वार्षिक आम्दानीअनुसार कति तिर्ने आयकर ?

Previous articleनारायणी नदी खतराको तहभन्दा माथि, ३० परिवारलाई सुरक्षित स्थानमा सारियो
Next articleकोरोना त्रासकै बीच १२० दिन लामो लकडाउन हट्यो, तर केही प्रतिबन्ध कायमै
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।