उज्यालो नेपाल चितवनको राप्ती नगरपालिका–७, वीरेन्द्रनगरस्थित पूर्व–पश्चिम राजमार्गमा मंसिर १ गते साँझ कारले ठक्कर दिँदा घाइते भएका पैदल यात्रीको उपचारका क्रममा मृत्यु भएको छ।
भण्डाराबाट खैरहनीतर्फ जाँदै गरेको बा ४ च २२५७ नम्बरको कारले पैदल हिँडिरहेका राप्ती–८, वीरेन्द्रनगरका ६२ वर्षीय अरुणराज अर्याललाई गत मंसिर १ गते अन्दाजी १९:०५ बजे ठक्कर दिएको थियो।
टाउको र खुट्टामा गम्भीर चोट लागेका अर्याललाई तत्काल उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर लगिएको थियो।
तर हिजो मंसिर १५ गते बिहान ११:१० बजे उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।




