अगष्ट ८’९ र १० मा दोहा बाट चार उडान हुँदै, नाम लिष्ट सहित दुतावासको सुचना
उज्यालो नेपाल, साउन २२ – कतारको दोहामा रहेको नेपाली राजदुतावासले हिमालयन एअरलाईन्स र नेपाल एअरलाइन्सको उडान मार्फत नेपाल फर्कने नेपालीहरुको लागी अत्यन्त जरुरी सुचना जारी गरेको छ ! अगस्ट ८, ९, र १० मा हुने उक्त उडानबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा राजदूतावासले तयार गरी नेपाल एयरलाईन्सको रियादस्थित आधिकारिक सम्पर्क व्यक्ति समक्ष पठाइएको सुची पनि सार्वजनिक गरेको छ !

राजदूतावासले यस अघिका उडानका लागि प्रकाशित गरेको प्राथमिकता सूचिमा नाम भएका तर विभिन्न कारणले टिकट काट्न छुटेको व्यक्तिहरुले पनि यी उडानहरूमा टिकट काटी यात्रा गर्न सक्नुहुनेछ भने यी उडानका लागि हवाई टिकट उपलव्ध हुन नसकेमा आगामी उडानहरुमा टिकट काटन सकिने छ । संलग्न सूचीमा कतार सरकारको गृह मन्त्रालयबाट स्वीकृति प्राप्त भैसकेका र स्वीकृतिका लागि प्रक्रियामा रहेका नामहरू छ्ट्टयाईएको छ ।

स्वीकृति प्राप्त भैनसकेका व्यक्तिको हकमा स्वीकृति प्राप्त भएपछि मात्र यात्रा गर्न सकिने छ । हवाई भाडा पूर्व सूचनामा उल्लेख भएबमोजिम अमेरिकी डलर ३९२।- (कतारी रियाल १,४३०।-) रहेको छ । विमानस्थलमा ज्वरो मापन गरिने साथै “Ehteraz मोबाइल एप” मा हरियो रंग भएका व्यक्तिले मात्र विमानस्थलमा प्रवेश गर्न पाउने हुनाले अनिवार्य रुपमा उक्त एप संचालनमा ल्याउनु हुन अनुरोध छ ।

यसै बीच सुत्केरी तथा गर्भवती महिला र कोभिड-१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरु केही विमानस्थलमा पुगे पछि FIT TO FLY CERTIFICATE नभएको कारणले उडान गर्न असमर्थ हुनु भएको जानकारी हुन आएको हुँदा यस्तो अवस्थाका यात्रुहरुले आफुलाई स्वास्थ्य परीक्षण गर्ने चिकित्सक वा स्वास्थ्य संस्थाबाट FIT TO FLY CERTIFICATE अनिवार्य साथमा लिएर मात्र विमानस्थल जानुहुन सम्बन्धित सबैमा अनुरोध छ ।

पुनश्च: हवाई उडानका लागि हवाईटिकट लिई सकेका यात्रुहरुले व्यक्तिगत विवरण फारम अनिवार्य online भरी सो को बारकोडको प्रिन्टेड कपी पनि साथमा लिएर मात्र यात्रा गर्नुहुन अनुरोध छ। सो फाराम COVID-19 Crisis Management Center (CCMC) को website https://ccmc.gov.np मा गएर अथवा यँहा क्लिक गरेर डाउनलोड गर्न सकिने छ!

हिमालय एअरलाइन्सको सम्पर्क ठेगाना
Cleopatra Travels, Doha,
(D-Ring Road, Building No 51, Area No 45,
Area : Old Airport Road in between Lulu & FFC)
Roshan Thakur: Tel+974 44435333
नेपाल एअरलाइन्सको लागी सम्पर्क ठेगाना
Fahd Travels, Jaida Towers (Sales & Reservation)
Abdul Hafeez, Mob +974 70665648, Kashi Dhamala, Mob +97466675150
Tel +974 44318080 Fax +974 44214744
नेपाल एअरलाइन्सको लागी तय भएको नाम लिस्ट हेर्न यँहा क्लिक गर्नुहोला !
हिमालय एअरलाइन्सको लागी तय भएको नाम लिस्ट हेर्न यँहा क्लिक गर्नुहोला !


