पोखरा विमानस्थल भ्रष्टाचार : पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाउने निर्णय

२१ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गर्ने निर्णय गरेको छ ।

अहिले विशेष अदालतमा मुद्दा दायरको प्रक्रिया चलिरहेको अख्तियार स्रोतले जानकारी दियो ।

अख्तियारले तत्कालीन पाँच जना मन्त्रीसहितलाई विपक्षी बनाएर मुद्दा दर्ता गर्ने निर्णय गरेको थियो ।

उक्त मुद्दा लिएर अख्तियारको टोली विशेष अदालतमा छ ।

तत्कालीन मन्त्रीहरू भीम आचार्य, रामकुमार श्रेष्ठ, दिपक अमात्य, रामशरण महत र पोष्टबहादुर बोगटीलाई विपक्षी बनाइएको छ ।

Previous articleविध्वंशमा संलग्नहरुलाई पक्राउ गरेकोमा सुमनाको असन्तुष्टि, प्रहरीले बदला लिन खोजेको आरोप
Next articleरविलाई भेटेपछि खगेन्द्रले भने- उहाँको सट्टा म जेल बस्न तयार छु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।