रत्ननगर जुनियर जेसिजको अध्यक्षमा सगुन रेग्मी

0
301
Click Image

उज्यालो नेपाल- रत्ननगरका १४ देखि २६ वर्ष उमेर समूहका युवाहरूको नेतृत्व विकासका लागि क्रियाशील संस्था रत्ननगर जुनियर जेसिजको १९औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट सगुन रेग्मी अध्यक्ष पदमा निर्वाचित भएका छन्। कार्यकारिणी उपाध्यक्ष पदमा विनायक भट्ट र वसन्त सिलवाल निर्वाचित भएका छन् ।

अधिवेशनबाट उपाध्यक्ष पदमा सौगात रेग्मी, सुसन नेपाली, अस्मिता बोहोरा र राजन खड्का निर्वाचित भएका छन्। यस्तै, निर्देशकमा आर्यन खड्गी, सिमा सापकोटा, सुबिग भट्टराई तथा अपिल खनाल निर्वाचित भएका छन्। निर्वाचन अधिकृत सन्दर्भ खनालको नेतृत्वमा अधिवेशनको निर्वाचन प्रक्रिया सम्पन्न भएको थियो।

यसैबीच नवनिर्वाचित अध्यक्ष सगुन रेग्मीले विधानअनुसार पदाधिकारीहरू मनोनयन गरेका छन्। मनोनित पदाधिकारीहरूमा कानुनी सल्लाहकारमा रोजा सुवेदी, महासचिवमा मिलन लामिछाने तथा कोषाध्यक्षमा बिराज अर्याल छन् ।

रत्ननगर जुनियर जेसिज युवाहरूको नेतृत्व विकास, व्यक्तित्व विकास तथा सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले स्थापना भएको संस्था हो। संस्थाले रत्ननगर क्षेत्रमा सामाजिक, शैक्षिक, नेतृत्व विकास तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

Previous articleपिठुवा दुग्ध उत्पादक सहकारीको ३३ औं साधारणसभा; एकवर्षमा झन्डै साढे पाँच करोड बराबरको दुग्धजन्य पदार्थ उत्पादन
Next articleउपरदाङगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको मोटरसाईकल दुर्घटना हुँदा एकजनाको ज्यान गयो