Home Uncategorized विदेशमा रोजगारी गुमाएका श्रमिकको निःशुल्क उद्धार सुरु, यसरी दिनुहोस् निवेदन

विदेशमा रोजगारी गुमाएका श्रमिकको निःशुल्क उद्धार सुरु, यसरी दिनुहोस् निवेदन

विदेशमा रोजगारी गुमाएका श्रमिकको निःशुल्क उद्धार सुरु, यसरी दिनुहोस् निवेदन

काठमाण्डौ – कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका र घर फर्कन टिकट काट्न नसक्ने नेपालीको निःशुल्क उद्धार थालिएको छ । विभिन्न देशमा रहेका नेपाली दूतावासले आवेदन दिन अनुरोध गर्न थालेका छन् । कोरोना महामारीको कारण विदेशमा रोजगारी गुमाएका र घर फर्कन टिकट काट्न नसक्ने अवस्थामा रहेकाको वैदेशिक रोजगार कल्याणकारी कोषको रकममार्फत सरकारले उद्धार गर्ने निर्णय गरेको छ ।

जसअनुसार सरकारले तोकेको मापदण्डमा पर्ने श्रमिकको उद्धारका लागि दूतावासहरुले सूचना जारी गर्न थालेका छन् । तपाईँ मलेसियामा हुनुहुन्छ र रोजगारी गुमेको छ तथा घर फर्कन टिकट काट्न सक्नुभएको छैन भने आवेदन दिन दूतावासले अनुरोध गरेको छ । दूतावासले तोकेको निवेदन ढाँचा अनुसार आफ्नो विवरण भरेर दूतावासमा उपस्थित भएर वा इमेल labor . eonkl @ mofa . gov . np मार्फत पठाउन सकिनेछ ।

साथै दूतावासको हटलाइन नम्बर ६०१६२४२७७७ मा ह्वाट्स्एप गरेर पनि निवेदन पेश गर्न सकिन्छ । निवेदन दिँदा राहदानी र रोजगारी करार पत्रको प्रतिलिपि पनि पेश गर्नुपर्छ । दूतावासले आवेदकको आवेदनमाथि आवश्यक जाँचबुझ गरी निजको विवरण परराष्ट्र मन्त्रालयमार्फत वैदेशिक रोजगार बोर्डमा पठाउने र बोर्डको कोषबाट रकम निकासा भएपछि टिकट उपलब्ध गराउने दूतावासले जनाएको छ ।

तर हवाई टिकटको सुविधा मात्र लिने मनसायले कुनै व्यक्तिले तथ्य फरक गरी वा झुटा विवरण पेश गरेर सुविधा लिएको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गर्ने दूतावासले जनाएको छ । जुन रोजगारदाताले श्रमिकलाई घर फर्कन टिकट दिएनन् उनीहरुको मागपत्र पाँच वर्षसम्म प्रमाणीकरण नगर्ने पनि दूतावासले जनाएको छ ।

कस्ता व्यक्तिले पाउँछन् टिकट

नेपालबाट श्रम स्वीकृति वा पुनः श्रम स्वीकृति लिएर आएको तीन वर्ष ननाघेको व्यक्तिले रोजगारी गुमाएको र घर फर्कन रोजगारदाताले टिकट नदिएको भएमा टिकटका लागि आवेदन दिन सकिन्छ । सम्बन्धित गन्तव्य देशको सरकार(मलेसिया वा ब्रुनाई) रोजगारदाता, रोजगारीमा पठाउने इजाजतपत्रवाला संस्था वा अन्य स्रोतबाट हवाई टिकट खर्च नपाएको वा आफ्नै खर्चमा घर फर्कन नसक्ने अवस्थाका व्यक्तिलाई हवाई टिकट उपलब्ध हुनेछ ।

सरकारले सरकारबाट आममाफी पाएका, डिटिन्सन सेन्टरमा रहेका र घर जान अनुमति पाएका, जुनसुकै कारणले भए पनि बहिर्गमन भिसा पाएका र रोजगारी गुमाएका व्यक्तिलाई निःशुल्क उद्धारको प्राथमिकतामा राखेको छ ।
कस्को कति खर्च व्यहोरिन्छ ? रोजगारीमा गएको एक वर्ष भन्दा कम अवधिमा रोजगारी गुमेको भएका लाग्ने खर्च सबै कोषमार्फत व्यहोरिनेछ ।

एक वर्षदेखि तीन वर्षको समयको बीचमा रोजगारी गुमेको भएका ७५ प्रतिशत र पुनः श्रम स्वीकृति लिएर गएको श्रमिकको हकमा भने ५० प्रतिशत खर्च व्यहोरिनेछ । तर श्रम स्वीकृतिको अवधिमा थुनामा परेर आममाफी पाई घर फिर्ती केन्द्रमा रहेका श्रमिकको हकमा भने सरकारले लाग्ने खर्च सबै व्यहोर्नेछ । कुनै संस्थाबाट खर्च प्राप्त भएको भएमा नपुग खर्च कोषको रकमार्फत उपलब्ध गराउने दूतावासले जनाएको छ ।

यसअघि ओमानमा रहेको दूतावासले पनि यस्ता श्रमिकलाई निवेदन दिन आह्वान गरेका छ । यसबारेमा थप बुझ्न परेका दूतावासमा कार्यालय समयमा श्रम सहचारी कृष्णा कुमारी गौलीलाई ७१५९२५०६ मा सम्पर्क गर्न सकिन्छ । साथै दूतावासको हटलाइन नम्बर ७१५९२४९० मा पनि फोन गरेर बुझ्न र सहयोग लिन सकिने दूतावासले जनाएको छ ।

निवेदनकाे ढाँचा हेर्नुहाेस्

यस्ताे छ नि:शुल्क उद्धारकाे प्रक्रिया

उज्यालो अनलाईन बाट 

कृषकहरूलाई बाख्रा वितरण

Previous articleघरमा पालेको गाई म’रेपछि कि’रिया बसे एक दम्पती
Next articleयुएई बाट आएको १९१ जना यात्रु बोकेको एअर ईन्डियाको विमान दुर्घटना, विमान दुईटुक्रा (भिडियो)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।