भाग्य न्यौपानेको घर पुग्दा यस्तो देखियो, बुबा संग रमाईलो कुराकानी

भाग्य न्यौपानेको घर पुग्दा यस्तो देखियो, बुबा संग रमाईलो कुराकानी, भिडियो तल अन्तिममा हेर्नुहोला 

काठमाडौं, २४ साउन : युट्युबर भाग्य न्यौपाने पछिल्लो समय निकै चर्चामा छन् ।उनले एक बालगृह सञ्चालन गरिरहेकी महिलालाई दिएको १० हजार फिर्ता लिनुका साथै बिना मास्क उनको छेउमा बसेर अन्तवार्तालिएपछि भाग्य निकै चर्चामा रहेका हुन् । उनीमाथि विभिन्न प्रकारको दबाब आएको छ ।

भाग्यका बुबा

भाग्यले आफूबाट गल्ती भएको र क्षमा मागे पनि कतिपय व्यक्ति अहिले पनि उनको विरुद्धमा लागेका छन् । कतिपयले त भाग्यको सम्प्त्तिसमेत छानविबन हुनुपर्ने मागसमेत गरेका छन् । यसैबीच, सो विषयलाई लिएर सामाजिक सञ्जाल तातेपछि उनी बोलेका छन् ।

भाग्यले सम्पतीको नाममा बुबाले बनाउनु भएको घर र एउटा मोटरसाइकल रहेको बताएका छन् । साथै उनले यदि अरूलाई झुक्याएर पैसा कमाउने भएको भए कारमा हिँड्ने हैसियत हुन्थ्यो भन्दै ट्विट गरेका छन् ।

‘सम्पतीको नाममा बुबा ले बनाउनु भएको घर र एउटा मोटरसाइकल छ,’ उनले लेखेका छन्, ‘यदि अरूलाई झुक्याएर पैसा कमाउने भएको भए म पनि कारमा हिँड्थे होला नि होइन? समाजसेवा नै मेरो धर्म हो । र, दुःखमा परेकालाई सहयोग गर्नु नै मेरो उद्देश, जय नेपाल ।’

हेर्नुहोस भाग्य न्यौपानेका बुबासँग गरिएको कुराकानी।

गुल्मी अस्पतालमा सुत्केरी भत्ता वितरण बन्द

Previous articleअहिले सम्म विदेशमा समस्यामा परेका ४५ हजार नेपालीकाे उद्धार
Next articleआज २०७७ साल फाल्गुन ०२ गते आईतबार (फेब्रुअरी १४ २०२१ प्रणय दिवस); आजको तपाइको दिन कस्तो छ? (राशिफल)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।