बिदामा घर आएका आबुधावी प्रहरीमा कार्यरत ६२ जना नेपालीलाई यूएई सरकारले जहाज चार्टर्ड गरेर काममा फर्कायो

बिदामा घर आएका आबुधावी प्रहरीमा कार्यरत ६२ जना नेपालीलाई यूएई सरकारले जहाज चार्टर्ड गरेर काममा फर्कायो

यूएई – घरबिदामा नेपाल आएका आबुधावी प्रहरीमा कार्यरत तीन महिलासहित ६२ जना नेपालीलाई यूएई सरकारले निःशुल्क जहाज चार्टर्ड गरेर काममा फर्काएको छ । ४५ दिनको छुट्टीमा घर आएको अवस्थामा लकडाउनका कारण नेपालमै रोकिएका अबुधावी प्रहरीमा कार्यरत नेपालीलाई आबुधावी प्रहरीले झण्डै चार महिनापछि नि:शुल्क जहाज चार्टर्ड गरी फिर्ता ल्याएको हो ।

आबुधावी प्रहरीमा कार्यरत नेपाली गएको मार्च ८ देखि मे १८ सम्मको छुट्टीमा नेपाल गएका थिए । ६२ जनामध्ये धेरै जसो झण्डै ५ महिना नेपालमै रोकिएका थिए । एयरअरेबिया जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सारजहाँ एयरपोर्ट उत्रिएका नेपालीलाई अबुधावी प्रहरीले स्कर्टिङ गर्दै क्याम्पको होम क्वरेण्टीनमा ल्याएर राखेको छ ।

आबुधावी पुगेपछि आफूहरुलाई क्याम्पकै क्वरेण्टीनमा राखेको खोटाङ घर भइ हाल आबुधावी प्रहरीमा कार्यरत हिराधन चाम्लिङले जानकारी दिनुभयो । लकडाउनपछि आबुधावी पुगेका आबुधावी प्रहरीमा कार्यरत सम्पूर्णलाई घर बिदाको समेत तलब दिएर फिर्ता बोलाएको फर्किनेमध्ये एक अशोक रायमाझीले बताउनुभयो । फर्किने सबैको प्रवेश अनुमति, उडान अनुमति तथा सम्पूर्ण प्रक्रिया आबुधावी प्रहरीले नै गरिदिएको हो । उमाकान्त पाण्डे/ उज्यालो अनलाईन 

प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन

Previous articleछोरिको बेदना मौलिक तिज गित बजारमा
Next articleसुटकेस बाट र’गत बगेको देखेपछी स्थानीयले बोलाए पुलि’स, काठमान्डौ मै भयो यस्तो अच’म्म
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।