विदेश बाट फर्कनेलाई फेरी नयाँ नियम: अब दैनिक ५०० जना मात्र ल्याईने, काठमाडौं मै क्वारेन्टिनमा बस्नुपर्ने

0
56

विदेश बाट फर्कनेलाई फेरी नयाँ नियम: अब दैनिक ५०० जना मात्र ल्याईने, काठमाडौं मै क्वारेन्टिनमा बस्नुपर्ने

काठमाण्डौ – सरकारले अब दैनिक अधिकतम पाँच सय जना नेपालीलाई मात्रै विदेशबाट उद्धार गरेर स्वदेश ल्याउने भएको छ । मङ्गलबारको मन्त्रिपरिषद्को बैठकले सरकारले अनुमति दिएको र सम्बन्धित देशमा रहेको कुटनीतिक नियोगको सिफारिसमा दैनिक तीन सय जना मात्रै र वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च बेहोर्ने गरी दैनिक दुई सय जनासम्म गरी दैनिक अधिकतम पाँच सय नेपाली स्वदेश ल्याउने गरी उडान गर्न अनुमति दिएको हो ।

यसरी देश फर्किएका नेपालीलाई काठमाण्डौमै तोकिएको स्थानमा मा राख्ने र सङ्क्रमणमुक्त भएको प्रमाणपछि मात्रै घर पठाउने निर्णय भएको छ । क्वरेण्टीनको व्यवस्था काठमाण्डौका तीन जिल्लाले गर्नेछन् ।

स्वदेश फर्किएको पाँचदेखि सात दिनभित्रमा पीसीआर परीक्षण गर्ने र सङ्क्रमणमुक्त भएको पुष्टिपछि मात्रै घर पठाउने व्यवस्था गर्न पनि मन्त्रिपरिषद्ले निर्देशन दिएको छ ।

थाहा पाउनुहाेस् नेपाली कार्यरत खाडीका ‍देश र मलेसियाकाे पछिल्लो जानकारी

खाडीका देशमा कार्यरत नेपालीमा कोरोना सङ्क्रमणको दर घटेको छ । गैरआवसीय नेपाली संघ एनआरएनएका अनुसार पछिल्लो समय खाडीका देशमा कोरोनाबाट सङ्क्रमित हुने नेपालीको सङ्ख्या घटेको हो ।

स्वास्थ्य समितिको तथ्याँक अनुसार संसारका विभिन्न ३६ देशमा रहेका ३३ हजार ३ सय ३३ नेपालीमा कोरोना सङ्क्रमण भएको छ । उनीहरुमध्ये २९ हजार २ सय ४३ जना अर्थात ९३ प्रतिशतभन्दा बढी नेपाली सङ्क्रमण मुक्त भएका छन् ।

नेपालीले काम गर्ने खाडीका ६ देश र मलेसियाको पछिल्लो जानकारी :

कतार

  • सङ्क्रमित सङ्ख्या : १ लाख १३ हजार २६२ जना । ( २१ हजार नेपाली नेपालीसहित)
  • निको भएर घर फिरेकाहरु : १ लाख ९ हजार ९९३ जना ।
  • अस्पतालमा उपचाररत : ३ हजार ८१ जना ।
  • मृतकको सँख्या : १८८ जना ।

( कतारमा सङ्क्रमितको राष्ट्रियता खुलाउदैन । त्यसैले सङ्क्रमित ​नेपालीकाे यकिन तथ्याँक दूतावासलाई पनि जानकारी छैन । माथि समावेश गरिएकाे तथ्याँक गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिकाे हाे । स्वास्थ्य समितिकाे अनुसार कतारमा काेराेना सङ्क्रमित​ नेपाली मध्ये झण्डै २० हजारभन्दा धेरै नेपाली निको भएका छन् । कतारमा समग्रमा कोरोनाबाट निको हुनेको सङ्ख्या बढिरहेको छ । )

युएई 

  • सङ्क्रमित सङ्ख्या : ६२ हजार ९६६ जना । (२ हजार नेपालीसहित)
  • निको भएर घर फिरेकाहरु : ५६ हजार ९६१ जना ।
  • अस्पतालमा उपचाररत : ५ हजार ६४७ जना ।
  • मृतकको सँख्या : ३५८ जना ।

नाेट : माथि उल्लेखित सङ्क्रमित नेपालीकाे सङ्ख्या एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिकाे हाे । स्वास्थ्य समितिका अनुसार सङ्क्रमित​ नेपाली मध्ये ८० प्रतिशत निकाे भएका छन् । यूएईले सङ्क्रमितको राष्ट्रियता नखुलाउदा यूएईमा रहेको नेपाली दूतावासले पछिल्लो समय सङ्क्रमित नेपाली र कोरोनाका कारण ज्यान गुमाउने नेपालीको पुष्टि गर्न छाडेको छ ।

साउदी अरेबिया 

  • सङ्क्रमित सङ्ख्या : २ लाख ९१ हजार ४६८ जना (१६५० जनाभन्दा धेरै नेपालीसहित) ।
  • निको भएर घर फिरेकाहरु : २ लाख ५५ हजार ११८ जना ।
  • अस्पतालमा उपचाररत : ३३ हजार ११७ जना ।
  • मृतकको सँख्या : ३ हजार २३३ जना ।

उल्लेखित सङ्क्रमित नेपालीकाे सङ्ख्या एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिकाे हाे । स्वास्थ्य समितिका अनुसार सङ्क्रमित​ नेपाली मध्ये ८० प्रतिशत निकाे भएका छन् ।

बहराईन 

  • सङ्क्रमित सङ्ख्या : ४४ हजार ३९७ जना । ( ४५१ जनाभन्दा धेरै नेपालीसहित)
  • निको भएर घर फिरेकाहरु : ४१ हजार २०९ जना ।
  • अस्पतालमा उपचाररत : ३ हजार २३ जना ।
  • मृतकको सङ्ख्या : १६५ जना ।

उल्लेखित सङ्क्रमित नेपालीकाे सङ्ख्या एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिकाे हाे । स्वास्थ्य समितिका अनुसार सङ्क्रमित​ नेपाली मध्ये ८० प्रतिशत निकाे भएका छन् ।

कुवेत

  • काेराेना सङ्क्रमित सङ्ख्या : ७३ हजार ६८ जना । (एनआरएनएका अनुसार, १५ सय जना नेपालीसहित)
  • काेराेना निको भएर घर फिरेकाहरु : ६४ हजार ७५९ जना । (स्वास्थ्य समितिकाे अनुसार लगभग १२ सय नेपाली निको भएका छन् । )
  • अस्पतालमा उपचाररत : ७ हजार ८२३ जना ।
  • काेराेनाबाट मृत्यु हुनेको सङ्ख्या : ४८६ जना ।

नाेट : माथि उल्लेखित सङ्क्रमित नेपालीकाे सङ्ख्या एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिकाे हाे । स्वास्थ्य समितिका अनुसार सङ्क्रमित​ नेपाली मध्ये ८० प्रतिशत निकाे भएका छन् । कुवेतले निकाे हुनेकाे राष्ट्रियता नखुलाएको त्यहाँ रहेको नेपाली दूतवासले जनाएको छ ।

मलेशिया 

  • सङ्क्रमित सङ्ख्या : ९ हजार १०३ जना(दूतावासका अनुसार, ८१ जना नेपालीसहित)
  • निको भएर घर फिरेकाहरु : ८ हजार ८०९ जना । (दूतावासका अनुसार, ८१ जना नेपालीसहित)
  • अस्पतालमा उपचाररत : १६९ जना ।
  • मृतकको सङ्ख्या : १२५ जना ।

(मलेसियामा नेपालीमा थप सङ्क्रमण देखिएकाे छैन । सङ्क्रमित ८१ जना निकाे भइसकेका छन् ।)

नि:शुल्क टिकटका लागि दूतावासमा सम्पर्क गर्नुहाेस्
  • तपाईँ मलेसियामा हुनुहुन्छ र रोजगारी गुमेको छ तथा घर फर्कन टिकट काट्न सक्नुभएको छैन भने दूतावासमा आवेदन दिनुहाेस् ।
  • दूतावासमा तोकेको निवेदन ढाँचा अनुसार आफ्नो विवरण भरेर दूतावासमा उपस्थित भएर वा इमेल labor. eonkl @ mofa . gov . np मार्फत पठाउन सकिनेछ । साथै दूतावासको हटलाइन नम्बर ६०१६२४२७७७ मा ह्वाट्स्एप गरेर पनि निवेदन पेश गर्न सकिन्छ ।
  • हवाई टिकटको सुविधा मात्र लिने मनसायले कुनै व्यक्तिले तथ्य फरक गरी वा झुटा विवरण पेश गरेर सुविधा लिएको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गर्ने दूतावासले जनाएको छ ।

ताप्लेजुङमा पहिराले एकै परिवारका तीनजना सहित चार बेपत्ता

Previous articleभाग्य न्यौपाने र पुण्यको टोलीले म माथि दुर्व्य’वहार गर्यो ,रुदै पुष्पा आइन् लाईभमा (भिडियो सहित)
Next articleचितवनमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म बाहिर निस्कन नपाइने