चितवनमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म बाहिर निस्कन नपाइने

0
58

चितवनमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म बाहिर निस्कन नपाइने

चितवनमा मंगलबार राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गर्ने निर्णय भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार अन्य जिल्लाबाट लु’कीछि’पी आउने प्रवृत्ति रोक्न र जिल्लाभित्र समेत रातिको समयमा मानिसहरूको आवागमन नियन्त्रण गर्न जिल्लाभित्र गुड्ने सवारी साधन र मानिसहरूको पैदल आवागमनमा रोक लगाउने निर्णय गरिएको हो। तर लामो दूरीका मालवाहक सवारी साधनलाई भने नरोकिने प्रशासनले जनाएको छ।

होटल तथा रेष्टुरेन्टहरूमा बसेर खाना, खाजा खाने प्रवृत्तिलाई नि’रूत्साहन गर्ने भन्दै प्याकिङ गरिएको खानामात्र विक्री गर्न पाउने निर्णय गर्दै राति ९ बजेपछि बिहान ५ बजेसम्म सेवा बन्द गर्न निर्देशन दिएको छ। साथै, अन्य जिल्ला तथा छिमेकी मुलुकबाट प्रवेश पास बिना प्रवेश गर्न सक्ने मानिसहरूका कारण कोभिड १९ को संक्रमणको जोखिम बढेको भन्दै त्यसरी प्रवेश गर्न नदिन जिल्ला प्रवेश गर्ने नाकाहरूमा हुने गरेको चेकिङलाई थप प्रभावकारी बनाउने निर्णय प्रशासनको छ।

विदेशबाट आउने नेपालीहरूलाई होल्डिङ सेन्टरमार्फत् सम्बन्धित स्थानीय तहसँग समन्वय गरी क्वारेन्टिनमा पुर्‍याइने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए। मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, जथाभावी हिँड्डुल नगर्नेजस्ता कार्यमा हे’लचे’क्र्याइँ बढी रहेका कारण हे’लचेक्र्या’इँ गर्ने उपर कानुन ब’मोजिम का’रबाही गर्ने उनले बताए।

साथै, राजनीतिक दल संघसंस्थालगायत सबैले २५ जना भन्दा बढी मानिस भेला भएर गरिने बैठक, आमसभा, साधारणसभा लगायतका कुनै पनि कार्य गर्न नपाउने उल्लेख गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालयसँगको समन्वयमा कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन बढाउने निर्णय पनि प्रशासनले गरेको छ।

बीस महिनाको काम चार महिनामै !

Previous articleविदेश बाट फर्कनेलाई फेरी नयाँ नियम: अब दैनिक ५०० जना मात्र ल्याईने, काठमाडौं मै क्वारेन्टिनमा बस्नुपर्ने
Next articleहिमालयन एयरलाइन्सद्वारा अगस्ट १६ देखि ३० सम्मको उडान तालिका सार्वजनिक