चितवनमा विद्यालयवाट घर फर्किंने क्रममा बेपत्ता भएका बालक हेटौंडामा फेला

Click Image

चितवन, फागुन २० । चितवनको भरतपुर स्थित ओम शान्ति एकाडेमी विद्यालयवाट घर फर्किने क्रममा बेपत्ता भएका १३ वर्षीय बालक निकेश बराल हेटौंडामा भेटिएका छन् । विद्यालयले पनि फेसबुक मार्फत बालक सम्र्पकमा आएको जानकारी दिएको छ ।

भरतपुर महानगरपालिका वडा नं.- १० एयरपोर्ट पछाडि रहेको ओमशान्ति एकेडेमीमा कक्षा ५ मा अध्ययनरत निकेश बराल दिउँसो साढे १ बजे विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनले निकेशलाई हेटौंडामा फेला पारिएको जानकारी दिएको छ । उनी कसरी त्यहाँ पुगे भन्नेबारेमा भने प्रहरीले खुलाएको छैन । पोखरा महानगरपालिका- १३ घर भएका बालक निकेश गत वर्षदेखि चितवनको गीतानगरस्थित ठूलो बुवाको घरमा बसेर ओम शान्ति एकेडेमीमा पढ्दै आएका छन् ।

Previous articleआगोले जलेर चितवनमा एकजनाको ज्यान गयो
Next articleयस्ताे आयाे शालिनको पोस्टमार्टम रिपोर्ट ( भिडियो सहित )
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।