पशु स्वास्थ्य शिविर सम्पन्न

बैतडी । बैतडीको सुर्नया गाउँपालिका वडा नं ५, मा आज पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । सुर्नया गाउँपालिकाको आयोजनामा उक्त शिविर सम्पन्न भएको हो । शिविरमा २सय २१ भैसी, १ हजार ३०१ बाख्रा, १सय ५३ गाइगोरु र २ सय कुखुराका लागि परजीवि नियन्त्रण सम्बन्धि औषधि वितरण गरिएको छ ।

शिविरमा किसानहरुलाई विभिन्न रोगका बारेमा जानकारी दिइएको र ती रोगहरुबाट बच्ने उपायका बारेमा समेत जानकारी गराईको छ । गाउँपालिकाको पशु स्वास्थ्य शाखाका पशु स्वास्थ्य प्राविधिक सरदप्रसाद पन्त, विनोद बहादुर चन्द लगायतका कर्मचारीले शिविरमा सेवा दिएका बताईएको छ ।

शिविरको एक कार्यक्रमकाबीच वडा नं ५, का वडा अध्यक्ष केशवबहादुर मडै र सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टले संयुक्त रुपमा उद्घाटन गरेको स्थानीय सुरेश महराले जानकारी दिए ।

The post पशु स्वास्थ्य शिविर सम्पन्न appeared first on Rajdhani Daily News.

चीनमा ‘वुहान इमरजेन्सी टिम’ले गरेको प्रशंसनीय कार्य (तस्बिरहरु)

Previous articleदिगो विकास लक्ष्यमा पत्रकारको भूमिका महत्वपूर्ण
Next articleसरकारका सकारात्मक कामको प्रचार गरौँ : मुख्यमन्त्री पोखरेल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।