हिमालयन एयरलाइन्सद्वारा अगस्ट १६ देखि ३० सम्मको उडान तालिका सार्वजनिक

0
67

हिमालयन एयरलाइन्सद्वारा अगस्ट १६ देखि ३० सम्मको उडान तालिका सार्वजनिक

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण विभिन्न मुलुकहरुमा अलपत्र परेका नेपाली नागरिकहरुलाई उद्दार गरी नेपाल ल्याउने सन्दर्भमा नेपालको नीजि वायुसेवा कम्पनी हिमालयन एयरलाइन्सले अगस्ट १६ देखि ३० सम्म चार्टर उडान गर्ने भएको छ । एयरलाइन्सले आज एक सूचना जारी गर्दै विभिन्न मितिमा हुने उद्दार उडानको समयतालिका सार्वजनिक गरेको हो ।

अगस्ट १६, १८ र २० तारिकमा मलेसियाको राजधानी क्वालालम्पुरबाट उद्दार उडान हुने भएको छ । जसको लागि प्रतिव्यक्ति भाडादर ३ सय ७२ अमेरिकी डलर तोकिएको छ । कतारको राजधानी दोहाबाट अगस्ट १७, २३ र २९ तारिकामा उद्दार उडान हुने भएको छ । दोहाबाट काठमाडौंसम्मको भाडा प्रतियात्रु ३ सय ९२ अमेरिकी डलर तोकिएको छ ।

साउदी अरेबियाको राजधानी दमामबाट अगस्ट १९, २२, २५ र २७ तारिकका दिन उडान हुनेछ । जसको भाडादर प्रतियात्रु ४ सय ६५ तोकिएको छ । कुवेतबाट काठमाडौंको लागि अगस्ट २१ तारिकमा उद्दार उडान हुनेछ भने भाडा प्रतियात्रु ४ सय १० अमेरिकी डलर लाग्नेछ ।

त्यस्तै यूएइको अबुधाबीबाट काठमाडौंको लागि अगस्ट २४, २६, २८ र ३० तारिकमा उडान हुनेछ । अबुधाबीदेखि काठमाडौंसम्मको भाडादर प्रतियात्रु ३ सय ८५ डलर लाग्नेछ । यात्रुले टिकट बुकिङ्गको समयमा पिसिआर वा आरडिटी नेगेटिभ आएको रिपोर्ट बुझाउनुपर्नेछ भने नेपाल आएपछि सरकारले तोकेअनुसार क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ ।

पोखरीया नगरपालिकाद्वारा ४५ करोड ८ लाख को अनुमानित बजेट प्रस्तुत

Previous articleराती १२ बजे केटीको रुपमा भु’त आउछन ! भु’तसङ्ग कुरा गर्ने बा मिडियामा-घर बनाउदा ह’ड्डी भेटिएको थियो (भिडियो)
Next articleसाउदीमा Exit Visa लगाउन आवेदन दिएका नेपालीको नयाँ नामलिस्ट आयो, हेर्नुहोस दुताबासको सूचना