श्रमिकको उद्धार रोकेर निजी कम्पनीका चार्टर्ड उडानलाई धमाधम अनुमति
बेखर्ची श्रमिकको उद्धारका लागि दुबई पुगेको नेपाल वायु सेवा निगमको जहाजलाई रित्तै फर्काएको सरकारले फेरि चार्टर उडानको अनुमति दिएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले श्रमिकको उद्धार रोकेर निजी क्षेत्रका कम्पनीलाई चार्टर उडानको अनुमति दिएपछि उसको नियतमाथि गम्भीर प्रश्न उब्जिएको छ । दुबईबाट २ सय ५० श्रमिकलाई स्वदेश ल्याउन गएको निगमको जहाज मंगलबार रित्तै फर्कियो ।

त्यहााबाट फर्किनेलाई राख्न क्वारेन्टिन नरहेको कारण देखाएर सीसीएमसीले निगमलाई विमानस्थलमा पुगिसकेका श्रमिक नल्याउन भनेको थियो । तर त्यही दिन सीसीएमसीकै अनुमतिमा टर्किस एयरलाइन्सले इस्तानबुलबाट २ सय १ जना यात्रु ल्यायो । त्यति मात्र होइन, बेखर्ची श्रमिक ल्याउन रोकेको सीसीएमसीले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई बिहीबार बंगलादेशमा चार्टर्ड उडानको अनुमति दिएको छ भने शुक्रबार विभिन्न देशमा चार्टर्ड उडान गर्न प्रक्रिया अगाडि बढाइएको छ ।


श्रमिकको उद्धार रोकेर चार्टर्ड उडानको अनुमति दिएको विषयलाई लिएर सीसीएमसीको बैठकमै संयोजक ईश्वर पोखरेल र पर्यटनमन्त्री योगेश भट्टराईबीच विवाद भएको छ । पर्यटनमन्त्रीले निगमको जहाज गइसकेको अवस्थामा उद्धार उडान रोक्दा यसले सरकारकै छवि बिगि्रएको बताए भने रक्षामन्त्रीले गोलमटोल जवाफ दिए । महामारीका कारण चैत ९ देखि नियमित उडान बन्द छ ।

चार्टर्ड उडानको अनुमतिमा सीसीएमसी र त्यसका संयोजक ईश्वर पोखरेल हावी छन् । चार्टर्ड उडानमा सामान्य अवस्थाको भन्दा तीन गुणासम्म बढी भाडा उठाउन दिइएको छ । निगमलाई रोकेर कतार र टर्किस एयरलान्सलाई अनुमति दिनुका पछाडि पनि चार्टर्ड उडानवापत उठाउन पाइने महागो भाडा रकमको चलखेल नै त होइन भन्ने प्रश्न उठेको छ । जेठ अन्तिम यता चार्टर्ड उडानमा ५० हजारभन्दा बढी नेपाली स्वदेश फर्किइसकेका छन् ।

खाडी मुलुकबाट अझै ५० हजारभन्दा बढी उद्धारको प्रतीक्षामा छन् । तर स्वास्थ्य सावधानी अपनाएर नियमित उडान सञ्चालन गर्नेभन्दा पनि तीन दोब्बर भाडा असुल्ने चार्टर्ड उडान र त्यसमा पनि सीमित हवाइ सेवा प्रदायक कम्पनीलाई प्राथमिकता दिादा सीसीएमसीको भूमिका नै विवादित बनेको छ । कान्तिपुर टिभी
फिफा वरियतामा अर्जेन्टिना शीर्ष स्थानमा यथावत, नेपाल एक स्थान तल झर्यो


