फेरी आयो आशालाग्दो खबर: भदौ १६ गतेदेखि अन्तर्राष्ट्रिय उडान खुल्ने, टिकट काट्ने बेलामै होटलको खर्च तिर्नुपर्ने

0
62

फेरी आयो आशालाग्दो खबर: भदौ १६ गतेदेखि अन्तर्राष्ट्रिय उडान खुल्ने, टिकट काट्ने बेलामै होटलको खर्च तिर्नुपर्ने

काठमाण्डाै – सरकारले भदौ १६ गतेदेखि लागू हुने गरी शर्तसहित अन्तर्राष्ट्रिय उडान गर्न दिने निर्णय गरेको छ । पीसीआर परीक्षण सहज भएका देशहरु मलेसिया, दुबई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, अमेरिका, क्यानडा युरोपेली देश, अस्ट्रेलिया र हङकङबाट नेपालमा नियमित उडान गर्न दिने सरकारले निर्णय गरेकाे छ ।

तर ती उडानमा नेपाली नागरिक, नेपालमा रहेका विदेशी नियोगका कुटनीतिज्ञ र कर्मचारी र विकास साझेदार संस्थाका कर्मचारी र प्रतिनिधि मात्रै आउन पाउने छन् । नेपाल आउनेले जहाज चढ्नु ७२ घण्टा अघिको प्रमाणपत्र देखाउनुपर्ने र नेपाल आउने फारम भरेको र होटल बुकिङको प्रमाण देखाउनुपर्नेछ ।

उनीहरुले सात दिन होटल क्वरेण्टीन बस्ने खर्च पनि टिकट का’ट्दा नै बुझाउनुपर्नेछ । सरकारले तोकेका मापदण्ड विपरीत यात्रु बोकेर आएका जहाजलाई कारबाही गर्ने भएको छ । पीसीआर परीक्षण सहज नभएका देशहरु साउदी अरब, कुवेत, कतार र अन्य देशबाट नियमित उडानबाट भने यात्रु ल्याउन नपाइने भएको छ ।

नियमित उडानको लागि अनुमति नभएका देशमा भने चार्टर्ड उडानमार्फत श्रमिकको उद्धार गर्न सकिने सरकारले जनाएको छ । यस्तै सरकारले फेरि उद्दार उडान सुरु गर्ने भएको छ । दैनिक पाँच सयभन्दा नबढ्ने गरी विदेशमा सम’स्यामा परेका नेपालीको उद्धार गर्ने सरकारले निर्णय गरेको छ ।

सरकारले उद्धार गर्नेहरुको सूचीमा राखेकाहरुको क्वरेण्टीन खर्च सरकाले बेहोर्ने भए पनि अन्य यात्रुले होटल क्वरेण्टीनको खर्च आफै बेहोर्नुपर्नेछ ।

उद्यमीलाई धितोमा होइन परियोजनामा ऋण दिनुपर्छ: अध्यक्ष ओली

Previous articleराती १२ बजे केटीको रुपमा भु’त आउछन ! भु’तसङ्ग कुरा गर्ने बा मिडियामा-घर बनाउदा ह’ड्डी भेटिएको थियो (भिडियो)
Next articleसाउदीमा Exit Visa लगाउन आवेदन दिएका नेपालीको नयाँ नामलिस्ट आयो, हेर्नुहोस दुताबासको सूचना