२५ दिनमा यूएईबाट २८ उडान हुने; हेर्नुहोस् दुताबासको सुचना र उडान तालिका

२५ दिनमा यूएईबाट २८ उडान हुने; हेर्नुहोस् दुताबासको सुचना र उडान तालिका

काठमाण्डौ – यूएईबाट एक महिनाको अवधिमा २८ वटा उडान हुने भएको छ । गएको १६ गतेदेखि नियमित उडान खुलेसँगै यूएईबाट भोलि सेप्टेम्बर ५ देखि ३० सम्म हुने नियमित उडान तालिका सार्वजनिक भएको हो । यो अवधिमा नेपाल एअरलाइन्सले यूएईको दुबईबाट ७ वटा उडान भर्नेछ भने हिमालय एअरलाइन्सले आबुधाबीबाट ९ वटा उडान भर्नेछ । एअर अरेबियाले सारजहाबाट ६ उडान भर्नेछ भने फ्लाई दुबईले दुबई विमानस्थलबाट ६ उडान भर्नेछ ।

नेपाल एअरलाइन्सको सेप्टेम्बर ६ ,८, १३, १५, २०, २२ र २७ तारिखका लागि उडान तालिका तय भएको छ भने हिमालय एअरलाइन्सको सेप्टेम्बर ५, ८, १२, १५, १९, २१, २२ २६ र २९ तारिखको उडान तालिका तय भएको छ । यस्तै एअर अरेबियाको सेप्टेम्बर ६, १३, १८, २० , २७, ३० मा र फ्लाई दुबईको सेप्टेम्बर ८, ११, १५, २२, २५, २९ मा उडान हुनेछ ।

नियमित उडानमार्फत फर्कने यात्रुको पीसीआर परीक्षण नेगेटिभ भएको रिपोर्ट अनिवार्य साथमा हुनुपर्नेछ भने सीसीएमसीको अनलाइन फारम पनि भर्नपर्छ । त्यसको कपी वा बारकोर्ड अनिवार्य साथमा बोक्नुपर्छ । पीसीआर नेगेटिभ रिपोर्ट साथमा लिएर आउदा काठमाण्डौमा होटल क्वरेण्टीनमा बस्न पर्दैन । १४ दिन होम क्वरेण्टीनमा बस्नुपर्छ ।

राजमार्ग सुधार आयोजनाका लागि ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

Previous articleसाउदीमा Exit Visa लगाउन आवेदन दिनुभएको छ? तपाईको नाम आयो कि? हेर्नुहोस पुरा नामावली
Next articleसाउदी बाट २४ दिनमा १५ उडान हुँदै; पिसिआर रिपोर्ट भएका र नभएकाले के गर्ने? दुताबासको सूचना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।