२५ दिनमा यूएईबाट २८ उडान हुने; हेर्नुहोस् दुताबासको सुचना र उडान तालिका

0
71

२५ दिनमा यूएईबाट २८ उडान हुने; हेर्नुहोस् दुताबासको सुचना र उडान तालिका

काठमाण्डौ – यूएईबाट एक महिनाको अवधिमा २८ वटा उडान हुने भएको छ । गएको १६ गतेदेखि नियमित उडान खुलेसँगै यूएईबाट भोलि सेप्टेम्बर ५ देखि ३० सम्म हुने नियमित उडान तालिका सार्वजनिक भएको हो । यो अवधिमा नेपाल एअरलाइन्सले यूएईको दुबईबाट ७ वटा उडान भर्नेछ भने हिमालय एअरलाइन्सले आबुधाबीबाट ९ वटा उडान भर्नेछ । एअर अरेबियाले सारजहाबाट ६ उडान भर्नेछ भने फ्लाई दुबईले दुबई विमानस्थलबाट ६ उडान भर्नेछ ।

नेपाल एअरलाइन्सको सेप्टेम्बर ६ ,८, १३, १५, २०, २२ र २७ तारिखका लागि उडान तालिका तय भएको छ भने हिमालय एअरलाइन्सको सेप्टेम्बर ५, ८, १२, १५, १९, २१, २२ २६ र २९ तारिखको उडान तालिका तय भएको छ । यस्तै एअर अरेबियाको सेप्टेम्बर ६, १३, १८, २० , २७, ३० मा र फ्लाई दुबईको सेप्टेम्बर ८, ११, १५, २२, २५, २९ मा उडान हुनेछ ।

नियमित उडानमार्फत फर्कने यात्रुको पीसीआर परीक्षण नेगेटिभ भएको रिपोर्ट अनिवार्य साथमा हुनुपर्नेछ भने सीसीएमसीको अनलाइन फारम पनि भर्नपर्छ । त्यसको कपी वा बारकोर्ड अनिवार्य साथमा बोक्नुपर्छ । पीसीआर नेगेटिभ रिपोर्ट साथमा लिएर आउदा काठमाण्डौमा होटल क्वरेण्टीनमा बस्न पर्दैन । १४ दिन होम क्वरेण्टीनमा बस्नुपर्छ ।

राजमार्ग सुधार आयोजनाका लागि ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

Previous articleश्रम स्वीकृति खुल्यो, अब वैदेशिक राेजगारीमा जान पाइने
Next articleसाउदी बाट २४ दिनमा १५ उडान हुँदै; पिसिआर रिपोर्ट भएका र नभएकाले के गर्ने? दुताबासको सूचना