साउदी बाट २४ दिनमा १५ उडान हुँदै; पिसिआर रिपोर्ट भएका र नभएकाले के गर्ने? दुताबासको सूचना

0
70

साउदी बाट २४ दिनमा १५ उडान हुँदै; पिसिआर रिपोर्ट भएका र नभएकाले के गर्ने? दुताबासको सूचना

उज्यालो नेपाल, भदौ १९- काठमाण्डौ – साउदी बाट २४ दिनको अवधिमा १५ वटा उडान हुने भएको छ । गएको १६ गतेदेखि केहि देशहरुमा नियमित उडान खुले पनि साउदीमा पिसिआर सहज नभएको भन्दै सरकारले साउदी बाट नियमित उडान सुरु गरेको छैन! त्यसैले यहि सेप्टेम्बर ६ देखि २९ सम्म साउदीको रियाद र दम्माम बाट हुने चार्टर्ड उडान तालिका सार्वजनिक भएको हो ।

Photo Credit: aviationnepal.com

यो अवधिमा नेपाल एअरलाइन्सकोले रियाद बाट ५ ओटा उडान गर्ने छ भने दम्माम बाट २ ओटा उडान गर्ने छ! त्यसैगरी हिमालय एअरलाइन्सले साउदीको दम्माम बाट ८ ओटा उडान गर्नेछ ! नेपाल एअरलाइन्सको सेप्टेम्बर ७ र १९ तारिख दम्माम बाट उडान भर्नेछ भने सेप्टेम्बर ८,१८,२०,२४, र २८ तारिख  रियाद बाट उडान भर्नेछ!  त्यसैगरी हिमालय एअरलाइन्सको जहाजले सेप्टेम्बर ६,९,१३,१६,१७,२२,२६, र २९ तारिख उडान भर्नेछ!

यसै सम्वन्धमा साउदीको रियादमा रहेको नेपाली दुताबासले उक्त उडान मार्फत नेपाल जाने यात्रुहरुको लागी जरुरी सुचना जारी गरेको छ! यदि तपाई यो सुचना पढ्दै हुनुहुन्छ भने सबैको जानकारीको लागी यो सूचनालाई अवश्य शे-यर गरिदिनुहोला! दुताबासको सुचना यस्तो छ! 

आगामी दिनहरुमा रियाद र दम्माम बाट हुने चार्टर्ड उडान सम्बन्धि सुचना 

आगामी ७ देखि ३० सेप्टेम्बर सम्म रियाद र दम्माम बाट काठमाडौंका लागि तलको तालिका बमोजिम उडानहरु तय भएकाले आफुलाई पायक पर्ने मिति र एयरलाइन्सबाट टिकट लिनु हुन अनुरोध छ! उडान सम्बन्धित विवरण सम्बन्धित एयरलाइन्सबाट प्राप्त गर्न सकिनेछ!

PCR भएको चार्टर्ड उडानबाट जाने यात्रुहरूको सम्बन्धमा

नेपाल जाने सबै यात्रुहरुले उडान समयको ७२ घण्टाभित्र PCR नेगेटिभ भएको प्रमाण पत्र र कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको वेबसाइटमा राखिएको Online Entry From भरि तत्पश्चात उत्पन्न हुने बारकोड़ वा प्अरिन्निट कपि अनिवार्य रुपमा लिई जानुपर्नेछ! (उक्त वेबसाइटमा जान यँहा क्लिक गर्नुहोला)  नेपाल फर्केपछि १४ दिनसम्म अनिवार्यरुपमा होम क्वारेन्टाइनमा बस्नुपर्नेछ

PCR नभएको चार्टर्ड उडानबाट जाने यात्रुहरूको सम्बन्धमा

व्यक्तिगतरुपमा जाने यात्रुहरुले RDT लगायतका टेस्ट नगर्नुहुन अनुरोध छ! कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको वेबसाइटमा राखिएको Online Entry From भरि तत्पश्चात उत्पन्न हुने बारकोड़ वा प्अरिन्निट कपि अनिवार्य रुपमा लिई जानुपर्नेछ! (उक्त वेबसाइटमा जान यँहा क्लिक गर्नुहोला)  नेपाल फर्केपछि ७ दिनसम्म अनिवार्यरुपमा होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ!

चितवनमा कृषि र पशुपालनमा सरकारले दिएको अनुदान प्रभावकारी बन्दै

Previous article२५ दिनमा यूएईबाट २८ उडान हुने; हेर्नुहोस् दुताबासको सुचना र उडान तालिका
Next article१५० वे’श्या भे’ला पारेर साउदी राजकुमारको भ’व्य पार्टी; अरबौ ख’र्च एक महिना म’स्ती