विदेशबाट नेपाली फर्काउन उडान संख्या बढाइने, कम्पनीले गराइदिने चार्टर्ड उडानका लागि पनि अनुमति
काठमाडौं । कोरोनाका म’हामा’री कारण विदेशमा सम’स्यामा परेका नेपालीहरु स्वदेश फर्काउन सरकाले उडान संख्या बढाउने भएको छ । उच्चस्तरीय परामर्शबाट अन्तर्राष्ट्रिय उडानको संख्या थप गर्ने समझदारी भएको पर्यटन, नागरिक तथा उड्ययन मन्त्री योगेश भट्टराईले जानकारी दिए ।

मन्त्री भट्टराईका अनुसार अब पीसीआर रिपोर्ट भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा एयरलाइन्स कम्पनीले थप उडान माग गरेमा सरकारले उडानका लागि अनुमति दिने भएकाे छ । त्यस्तै अबदेखि कुनै कम्पनीले आफ्नै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा पनि प्राथमिकताको आधारमा उडान अनुमति दिइनेछ ।

श्रम कल्याणकारी कोषबाट उद्धार गर्नु पर्ने कामदारका हकमा भने श्रम मन्त्रालयले श्रम गन्तव्य मुलुकमा रहेका नियोगसँगको समन्वयमा उडानको व्यवस्था गरिने मन्त्री भट्टराईले जनाए। नियमित उडान नभएका मुलुकमा पीसीआर रिपोर्ट ने’गेटिभ भएका यात्रुका लागि पनि मागअनुसार उडान संख्या थपिने मन्त्री भट्टराईको भनाइ छ।
यसै विषयमा मन्त्री भट्टराईले यस्तो भनाई व्यक्त गरेका छन् !
पश्चात प्रधानमन्त्री र उपप्रधान मन्त्री बीचको उच्चस्तरीय परामर्शबाट अन्तरास्ट्रिय उडानको सन्ख्या थप गर्ने समझदारी भएको छ ।

अब,
- PCR ne’getive भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा Airlines ले थप उडान माग गरेमा अनुमती प्रदान गरिने छ ।
- कुनै कम्पनीले कम्पनी कै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमती प्रदान गरिने छ ।
- श्रम कल्याणकारी कोसबाट उद्धार गर्नु पर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँग समन्वयमा उडानको ब्यबस्था गरिने छ ।
- नियमित उडान नभएका मुलुकमा PCR Ne’getive भएका यात्रुका लागि मागका आधारमा उडान सन्ख्या थप गरिने छ ।

बिदेशी भुमीमा अ’प्ठ्या’रो अवस्थामा रहनु भएका नेपाली दिदिबहिनी तथा दाजुभाईप्रति सरकार संबे’दनशील छ । वहाँको स्वदेश फिर्तीका लागि सरकारले सक्दो कोशीस गरिरहेको छ र सरकारले आफ्नो प्रयत्न बढाउदै लानेछ । अत्यन्तै प्रतिकुलतामा पनि धैर्य र सं’म्यमका लागि सबै दिदिबहिनी, दाजुभाईमा आभार ब्यक्त गर्दछु ।

अनेकौ सम’स्यासँग जु’ध्दै समन्वय गरिरहनु भएका नेपाली नियोगका प्रमुख तथा कर्मचारी मित्रहरुलाई धन्यवाद भन्न् चाहन्छु । एयरलाईन्सका कर्मचारी, एयरपोर्टका कर्मचारी तथा सुरक्षा निकायका मित्रहरु सबैमा आभार ब्यक्त गर्दछु ।


