नेपालवाट महिलाका रुपमा दुवई पुगेकी मनकुमारी दुवई विमानस्थलमा पुगेपछि अचानक पुरुष भएपछि…. (भिडियो हेर्नुहोस्)

नेपालवाट महिलाका रुपमा दुवई पुगेकी मनकुमारी दुवई विमानस्थलमा पुगेपछि अचानक पुरुष भएपछि…. (भिडियो हेर्नुहोस्)

काठमाडौ । नवलपुर जिल्लाको रजहरमा एउटा अनौठो घटना भएको छ । नवलपुरमा महिला रहेकी मनकुमारी विदेश जान भनेर दुवई पुगेपछि उनी अचानक पुरुष बनिन् । जिल्ला प्रशासन कार्यालयको लापरवाहीका कारण अनाहकमा एउटा विपन्न परिवारको महिलाले लाखौं रुपैया गुमाइन् । उनी वैदेशिक रोजगारीका लागि भिजिट भिषामा दुवई जाने तयारी गरिन् ।

आफ्ना दाजुभाईको सहयोगमा उनी दुवई जान भनेर नेपालवाट गइन् । उनी दुवई पनि पुगिन् तर दुवईको विमानस्थलमा पुगेपछि भने उनी झसंग भइन् । उनले दुई वर्ष अघि नै पासपोर्ट बनाएकी थिइन् । विदेश जाँदा उनले अनेकौ प्रकृया पुरा गरिन् । मेनपावरले सोही पासपोर्टका आधारमा उनको भिषा लगाइदिएको थियो । त्यतीबेला पनि पासपोर्टमा भएको त्रुटी थाहा भएन ।

जिल्ला प्रशासन कार्यालयले पासपोर्ट बनाउँदा उनलाई पुरुष भनेर लेखिदिएको कसैले पनि थाहा पाएनन् । उनको पासपोर्टमा राखिएको फोटो हेर्दा पनि पुरुषको जस्तै देखिन्छ । नेपालको विमानस्थलवाट जाँदा त्यहाँका कर्मचारीले उनलाई महिला हो वा पुरुष भनेर हेरिदिएनन् । उनी सो पासपोर्ट देखाएर दुवई पुगिन् ।

दुवईवाट फर्काइएपछि उनलाई विमानस्थलले फाइन तिरायो । भिजिट भिषा पठाउँदा पनि दुवईमा पनि कसैले हेरेनन् । भाईहरुको सहयोगमा उनको भिषा लगाइएको थियो । भिजिट भिषामा जाँदा पनि उनले एक लाख ५० हजार रुपैया तिरेकी थिइन् । अहिले उनको पासपोर्ट विमास्थलमै राखिदिएको छ ।

त्यो पासपोर्ट ल्याउन एक लाख ६५ हजार रुपैया चाहिन्छ भनेपछि उनले त्यो पैसा तिर्न सकेकी छैनन् । उनले आफै पनि ८ कक्षा पढेकी छन् उनले पनि दुई वर्ष सम्म पासपोर्ट हेरिनन् । भिजिट भिषामा विदेश जान भनेर उनले महिनाको ३ प्रतिशत ब्याजमा एक लाख ५० हजार रुपैया ऋण लिएको बताएकी छन् ।

स्मार्ट कृषि गाउँ कार्यक्रमले कृषक उत्साहित

Previous articleअल’पत्र परदेशीको पि’डा कसैले बुझ्दैन, निशुल्क ‘उद्धार’ भन्ने कुरा ‘टाईटाई फिस’ मात्र
Next articleविदेश हिडेकी आमालाई दिल्लीमा द’लालले फ’सायो, बाबुले आ’त्मह’त्या गरे, तीन छोराछोरीको बि’जोक
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।